जीप दुर्घटना हुँदा दुई डीएसपीसहित चार प्रहरी घाइते

याे सामग्री सेअर गर्नुहाेस्

रुकुम, २८ साउन २०७९ ।

रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ । उहाँसँगै सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक (डीएसपी) रविन श्रेष्ठ सामान्य घाइते हुनु भएको छ ।

घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर आउन लागेको जनाइएको छ । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डीएसपी डाँगीलाई टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी लक्ष्मण बुढा गम्भीर घाइते हुनुभएको छ । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ जना सुरक्षाकर्मी सवार रहेकोे बताइएको छ । उज्यालाे अनलाइनबाट साभार 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो