जैमिनीमा पोषण तथा खाद्य सुरक्षा सहित सुआहारा कार्यक्रमबारे गोष्ठी सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २९ भदौ २०७९ ।

जैमिनीमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक र सुआहारा दोश्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । मंगलबार जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा गोष्ठी सम्पन्न भएको हो ।

जैमिनी नगरपालिकामा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी भएका गतिविधि र हजार दिनका आमाहरुको स्वास्थ्यका लागि भएका कार्यक्रमहरुको बारेमा गोष्ठीमा जानकारी गराइएको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका फिल्ड संयोजक सुरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिकाको आयोजना तथा सुआहारा, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन लगाएतका संस्थाहरुको प्राविधिक तथा आर्थिक सहयोगमा भएको गोष्ठीमा जैमिनी नगरपालिकाका बिभिन्न विषयगत शाखाहरुले सुनौला हजार दिनका आमाहरुका लागि र पोषण तथा खाद्य सुरक्षाका लागि के कस्ता कामहरु गरे भन्ने रिपोर्ट प्रस्तुत गरिएको थियो ।

खानामा विविधिकरण, सुधारिएको करेसाबारी, घरभेट, खानेपानी सरसफाई र स्वच्छता, महिनावारी स्वच्छता, हजार दिनका आमाहरुको लागि आवश्यक पौष्टिक आहार तथा अन्य सुविधा, कुपोषण रोग, नियमित स्वास्थ्य परिक्षण र जैमिनीको हालको अवस्था, लगाएतका विषयमा शाखागत कर्मचारीहरुले विवरण प्रस्तुत गरेका थिए । जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख हरिहर शर्मा सहित जनप्रतिनिधिहरु, शाखागत कर्मचारी र सुआहारा तथा गाजा डेभलपमेन्ट फाउण्डेसनका सहजकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका फिल्ड संयोजक सुरेन्द्र अधिकारीले सुआहारा तथा गाजा डेभलपमेन्ट फाउण्डेसन दोस्रो परियोजनाले हालसम्म गरेका गतिबिधि प्रस्तुत गर्नुभएको थियो भने खानेपानी सरसफाई र स्वच्छता सम्बन्धी भएका कामहरुको बारेमा अफिसर टीका उप्रेतीले जानकारी गराउनु भएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो