जैमिनीमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत गिरिलाई स्वागत

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ७ असोज २०७९ ।

जैमिनीमा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । शुक्रबारबाट जैमिनीमा हाजिर हुन आउनुभएका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिलाई नगर प्रमुख, उप प्रमुख र कर्मचारीहरुले स्वागत गरेका हुन् ।

यस अघि लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहनुभएका गिरि शुक्रबारबाट जैमिनीमा हाजिर हुनुभएको छ । यस अघिका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाको सरुवा भएसँगै बागलुङको जैमिनी नगरपालिका केहि समय कार्यकारी विहिन भएको थियो ।

कार्यकारी अधिकृत गिरिलाई स्वागत गर्दै जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले कसैको दवाब र प्रभावमा परेर काम नगर्न सुझाव दिनुभयो । यस्तै उप प्रमुख हरिहर शर्माले स्वागत गर्दै जनप्रतिनिधि र कर्मचारीले योजनाबद्ध तरिकाले काम गर्न सके जैमिनी नगरपालिका समृद्ध बनाउन सकिने बताउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो