जैमिनीमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ११ असोज २०७९ ।

जैमिनीमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । बागलुङ जिल्लाको जैमिनी  नगरपालिका-७ जैदिका ४३ बर्षीय ज्ञान बहादुर रानाको अरिङ्गालले चिलेर मृत्यु भएको हो ।

अरिङ्गालले चिलेपछि रानालाई सोमबार जैदि स्वास्थ्य चौकीमा उपचारको लागि लगिएको भएपनि सामान्य उपचार पछि अन्यत्र नलगी घरमै लगेर राखिएकोमा मंगलबार बिहान १ बजेतिर रानाको मृत्यु भएको बेलबगर प्रहरी चौकीका प्रमुख रविन्द्र उपाध्यायले जानकारी दिनुभयो । असोज ९ गते साँझ ७ बजेतिर नजिकैको सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा रानालाई अरिङ्गालले चिलेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो