बिहेबाट फर्केकाे जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, एक जना घाइते

याे सामग्री सेअर गर्नुहाेस्

सल्यान, १२ असाेज २०७९ ।

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना हुँदा ८ जनाकाे ज्यान गएकाे हाे ।

दुर्घटनामा एक जना घाइते भएका छन् ।  बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ज्यान गुमाउने धेरैजसो कपुरकोट–६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान भएपनि पहिचान खुलिसकेकाे छैन । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो