राङ्खानीमा पीकअप दुर्घटना हुँदा ३ जना घाइते, २ जनालाई हेलिकप्टर बाट काठमाडौ लगियो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २८ असोज २०७९ ।

बागलुङको राङ्खानीमा पीकअप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जैमिनी नगरपालिका १० राङ्खानीमा विद्युतका सामान बोकेको ध १ च ६२ नम्बरको पीकअप जीप दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

पीकअप जीपमा ४ जना चढेकोमा एकजना माथि नै हामफाल्न सफल भएका थिए भने तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएको छ । घाइते हुनेमा जैमिनी नगरपालिका १० राङ्खानीका ३७ बर्षीय भरत पुन, बडीगाड गाउँपालिका ७ भिमगिठेका २५ बर्षीय चुडा श्रीस र सोहि ठाउँका २५ सञ्जय रजाली रहेका छन् भने महेन्द्र नेपाली हामफालेका थिए ।

राङ्खानीको हाँडीकोटबाट डाँडाखानी तर्फ जाने क्रममा गाडी मोटरबाटो बाट सिधै तल खसेको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जानकारी दिनुभयो । घटनास्थलको अवलोकन गर्दै उहाँले घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना सहित उपचारको लागि नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

दुर्घटना पश्चात नगर प्रमुख नर बहादुर पुन र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी तत्काल घटनास्थलमा पुग्नुभएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चुडा श्रीस र भरत पुनलाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । सवारी दुर्घटना भएको थाहा पाउनेवित्तिकै अवस्था बुझेर हेलिकप्टर मगाइएको जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । नगरपालिकाको समन्वयमा घाइतेहरुको उद्धार गरी समयमा नै उपचार गराउन लगिएको र उनिहरुको अवस्था खतरामूक्त रहेको जानकारीमा आएको उहाँको भनाई छ ।

ग्रामिण भेगमा सहज यातयात सेवा हुन नसक्दा नागरिकहरुले ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर आफूले हेलिकप्टरको लागि पहल गरेर उद्धार गर्न सफल भएको भन्दै उप प्रमुख शर्माले घाइतेहरुको लागि आवश्यक सहयोग गर्न पालिका तयार रहेको बताउनुभयो ।

घाइतेहरुको टाउको, हात र अनुहारमा चोट लागेको छ । उनीहरुलाई राङ्खानी सहरी स्वास्थ्य क्लिनिकमा सामान्य उपचार पछि काठमाडौको ग्राण्डी अस्पतालमा लगिएको छ । पीकअप गाडी सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो