जीप दुर्घटना हुँदा ७ जनाको ज्यान गयो, ५ जनाको अवस्था गम्भीर

याे सामग्री सेअर गर्नुहाेस्

बझाङ, ३ कात्तिक २०७९ ।

बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटना परी सात जनाको मृत्यु भएको छ । बुधबार अपराह्न ४ बजे सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप मष्टा गाउँपालिका–१, तुफानडाँडामा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा मष्टा गाउँपालिका–२ का सम्झना खड्का, रोशन खड्का, वसन्ती धामी, प्रचण्ड खड्का, वीरेन्द्र अधिकारी सात महिनाकी बालिका दीक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका–७ कञ्चनपुरका झरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभयो । दुर्घटनामा १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

१२ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किंदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिपमा जम्मा २४ जना सवार थिए । क्षमताभन्दा दोब्बर सङ्ख्यामा यात्रु बोकेको जिप अनियन्त्रित भई भीरबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको समन्वयमा घटनास्थलबाट घाइतेको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा ल्याएको थियो । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेर भीरमा अड्किएको आजको गोरखापत्रमा खबर छापिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो