याे पटककाे चुनावमा नेपाली कांग्रेसले खाेल्याे खाता, मुस्ताङमा २९ वर्षीय उम्मेदवार विजयी

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ५ मंसिर २०७९ ।

प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस मुस्ताङका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । २९ वर्षीय गौचनले एमालेका ६० वर्षका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतले हराउनुभएको हो ।

गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त गर्नुभएको छ भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गर्नुभएको छ । २०७४ को चुनावमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गर्नुभएको थियो । निर्वाचन आयोगले मतपरिणाको घोषणा भने गर्न बाँकी रहेको छ । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याउनु भएकाे छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुनुहुन्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो