बागलुङकाे दुवै क्षेत्रमा मतगणना सुरू, निर्धारित समयभन्दा एक घण्टा ढिलाे

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ५ मंसिर २०७९ ।

बागलुङकाे दुवै क्षेत्रमा मतगणना सुरू भएकाे छ । क्षेत्र नं १ काे बागलुङ बजारमा र क्षेत्र नं २ काे बुर्तिवाङ बजारमा मतगणना सुरू भएकाे हाे ।

२ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्र रहेकाे बागलुङ जिल्लामा निर्धारित समयभन्दा ढिलाे गरी मतगणना सुरू भएकाे थियाे । ३ बजे मतगणना गर्ने तयारी भएपनि साँढे ४ बजेपछि मात्रै मतगणना सुरू भएकाे छ ।

क्षेत्र नं २ मा ताराखाेला गाउँपालिका ५ काे मत गन्न थालिएकाे छ भने क्षेत्र नं १ मा बरेङ गाउँपालिका बाट मत गन्न सुरू भकाे छ ।  क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको एक स्थान र प्रदेशसभाको दुई स्थानमा मतगणना भइरहेको छभने क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको १/१ स्थानमा मतगणना भइरहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो