जैमिनीमा मतदान सम्पन्न, कुल मतदाताको आधा मत पनि खसेन- यस्ताे वडागत विवरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ मंसिर २०७९ ।

बागलुङको जैमिनीमा अपवाद बाहेक शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको १० वटा वडाको ११ वटा मतदान स्थलबाट शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएको हो ।

जैमिनी नगरपालिकाको वडा नं ४ सर्कुवामा विवाद हुँदा केहिबेर मतदान कार्य रोकिएपनि १ घण्टा समय थप गरेर मतदान कार्य सम्पन्न गरिएको वडा अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिनुभयो । नगरपालिकाको अन्य वडामा सामान्य रुपमा मतदान कार्य सम्पन्न भएको निर्वाचन कार्यलयले जनाएको छ ।

जैमिनी नगरपालिकाको वडा नं ८ छिस्तीमा २ वटा मतदान स्थल रहेको छ भने अरु वडामा एक एक वटा मतदान स्थल रहेको छ ।

वडा नं १ को शान्ति मावि मतदान स्थलमा कुल १ हजार २ सय ५५ मत खसेको छ । वडा नं २ दमेकको सुन्तलाचौर मावि मतदान स्थलमा कुल १ हजार ११ मत खसेको छ । वडा नं ३ को भरतपुरी मावि मतदान स्थलमा कुल ८ सय ६८ मत खसेको छ । वडा नं ४ सर्कुवाको जनता मावि मतदान स्थलमा ८ सय १५ मत खसेको छ ।

वडा नं ५ विनामारेको सर्वोदय जनक मावि मतदान स्थलबाट १ हजार ३१ मत खसेको छ । वडा नं ६ अर्जेवाको जनकल्याण मावि मतदान स्थलमा ७ सय ६२ मत खसेको छ । वडा नं ७ जैदीको भगवती प्रावि बोरको मतदान स्थलमा १ हजार २ सय ९२ मत खसेको छ । वडा नं ८ छिस्तीको छिस्ती आधारभुत विद्यालय फुर्केसल्ला मतदान स्थलमा ८ सय १८ र बालबिकास प्रावि वाइनकुना मतदान स्थलमा ७ सय ६८ गरी कुल १ हजार ५ सय ८६ मत खसेको छ ।

वडा नं ९ पैयुँथन्थापको जनता मावि पोखरीबारी मतदान स्थलमा कुल १ हजार १ सय ३७ मत खसेको छ । वडा नं १० राङ्खानीको राङ्खानी मावि डाँडाखानी मतदान स्थलमा १ हजार ३ सय ३८ मत खसेको छ ।

अहिले सर्कुवा बाहेक सबै वडाको मुचुल्का उठाएर मतपेटिका मतगणना स्थलमा पठाउन थालिएको वडाध्यक्षहरुले जानकारी दिएका छन् । जैमिनी नगरपालिकाको ११ वटा मतदान स्थलमा कुल ११ हजार ९५ मत खसेको छ । जैमिनीमा करिव २५ हजार मतदाता रहेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो