निर्वाचन विशेषः बागलुङमा एमाले क्लिन स्विप, संघमा कांग्रेसको उपस्थिति भएन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ९ मंसिर २०७९ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनको नतिजा अनुसार बागलुङमा एमाले क्लिन स्विप भएको छ । २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा क्षेत्र रहेको बागलुङमा नेकपा एमालेले पराजय व्यहोरेको हो ।

बागलुङको क्षेत्र नं.–१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित हुँदा नेकपा एमालेका डा.सूर्य पाठकले पराजय व्यहोर्नुपरेको छ । केसीले २१ हजार ४ सय ५१ मत पाउँदा पाठकले १८ हजार ८ सय २५ मत पाउनुभएको छ ।

यस्तै बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुँदा नेकपा एमालेकी मञ्जु शर्मा चालिसेको पराजय भएको थियो । पौडेलले २४ हजार ७ सय ७९ मत पाउँदा चालिसेले २० हजार १ सय ८० मत प्राप्त गर्नुभएको छ ।

यता बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बागलुङ क्षेत्र नं–१ प्रदेश सभा क मा दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई १ हजार ४ सय ७९ मतान्तरले पराजित गर्नु भएको छ । थापाले १३ हजार ८ सय ८४ मत ल्याउनु भएको छ भने केसीले १२ हजार ४ सय ५ मत ल्याउनु भएको छ ।

बागलुङको क्षेत्र नं– १ प्रदेश सभा ख मा नेपाली कांग्रेसका डिल्लीराम सुवेदी विजयी हुनु भएको छ । सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गर्नु भएको थियो । सुवेदीले १३ हजार ३ सय २७ ल्याउँदा पौडेलले सात हजार २ सय ५२ मत ल्याउनु भएको छ ।

यस्तै बागलुङ क्षेत्र नं–२ प्रदेश सभा क मा जीत बहादुर शेरचन विजयी हुनु भएको छ । शेरचनले एमालेको साथ पाएर स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रकाश घर्ती मगरलाई तीन हजार १ सय मतान्तरले पराजित गर्नुभएको थियो । शेरचनले १५ हजार १ सय ८ मत ल्याउँदा घर्तीले १२ हजार ८ मत प्राप्त गर्नुभएको छ ।

बागलुङ क्षेत्र नं–२ प्रदेश सभा ख मा कांग्रेसकै दोर्ण कुमार कुँवर विजयी हुनुभएको छ । कुँवरले एमालेका लक्ष्मण पुनलाई ३ हजार ७ सय ३७ मतान्तरले पराजित गर्नु भएको थियो । कुँवरले १२ हजार ४ सय ८ मत ल्याउँदा पुनले आठ हजार ६ सय ७१ मत ल्याउनु भएको छ ।

बागलुङमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका सबै उम्मेदवारहरुले जित हात पार्न सफल बने । अघिल्लो पटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेले यस पटक प्रदेश सभामा एमालेलाई क्लिन स्विप गरेको छ ।

बागलुङ क्षेत्र नं–२ प्रदेश सभा क मा बिजयी हुनुभएका जीत बहादुर शेरचन नेपाली कांग्रसको बागलङ जिल्ला सभापति समेत हुनुहुन्छ भने बागलुङको क्षेत्र नं– १ प्रदेश सभा ख मा एमालेबाट उम्मेदवार बन्नुभएका नवराज पौडेल गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो