कुश्मिसेरामा जैमिनी मेला हुने, पालिका स्तरीय पुरुष भलिवल मुख्य आकर्षण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २५ मंसिर २०७९ ।

बागलुङको कुश्मिसेरामा जैमिनी मेला हुने भएको छ । हरेक बर्ष माघेसक्रान्तिको अवसरमा लाग्ने मेलालाई यो बर्ष पनि निरन्तरता दिन लागिएको हो ।

गत बर्ष दोस्रो जैमिनी महोत्सव गरिएकोमा यो बर्ष मेलालाई निरन्तरता दिन लागिएको मेला आयोजक सहारा क्लव कुश्मिसेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । दुर्लेवेशी खेल मैदानमा हुने मेलामा करिव डेढ लाख दर्शक आउने अनुमान गरिएको उहाँको भनाई छ ।

मेला व्यवस्थापनका लागि अध्यक्ष सुनारको संयोजकत्वमा ५१ सदस्यीय मेला व्यवस्थापन मूल आयोजक समिति गठन गरिएको छ । “स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजना हुने मेलामा जैमिनी नगरपालिका मुख्य सहयोगी रहने आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ ।

९ वटा उप समिति बनाएर मेलाको तयारी थालिएको जैमिनी मेलाको अवसरमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता, ४० हजार रुपैयाँ राशीको खुल्ला महिला भलिवल प्रतियोगिता, २५ हजार रुपैयाँ राशीको साविक धौलागिरी अञ्चल स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, जैमिनी डान्स आइडल, मा.वि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, खुल्ला रत्याैली प्रतियाेगिता, जैमिनी नगर स्तरीय खुल्ला पुरूष बि लेभल डबल ब्याडमिन्टन प्रतियाेगिता लगाएतका कार्यक्रम सञ्चालन हुनेछ । आयोजकले मेलामा आयोजित प्रतियोगितात्मक कार्यक्रम र पुरस्कारमा मात्रै ५ लाख ३७ हजार ३ सय ३१ रुपैयाँ खर्च हुने जानकारी दिएको छ ।

पुस २९ गते देखि माघ ५ गतेसम्म सञ्चालन हुने मेलामा ५० वटा स्टल रहने छ । मेलामा करिव ३५ लाख रुपैयाँ आम्दानी खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । मेलामा स्थानीय कृषि तथा पशु प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी तथा रमाइलो मेलाको व्यवस्था गरिने छ ।

माघ १ गते मूल समारोहको आयोजना हुने मेलामा ख्याति प्राप्त कलाकारहरुद्वारा नियमित सांगितिक प्रस्तुति रहनेछ । जैमिनी मेलाको मिडिया पार्टनरको रुपमा कुश्मिसेरामा अवस्थित शुभेक्षा एफ.एम ९६.६ मेगाहर्ज रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो