कुश्मिसेरामा अवैध माछा नष्ट, कुहिको र सडेको माछा खुल्ला विक्रि गरेकाे पाइयाे

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २७ मंसिर २०७९ ।

बागलुङको कुश्मिसेरामा अवैध माछा नष्ट गरिएको छ । कुश्माबाट मापदण्ड विपरित खुल्ला रुपमा बेच्दै हिँडेको माछा जफत गरी नष्ट गरिएको हो ।

कुश्मिसेरा बजारमा बेच्न ल्याउँदै गरेको माछा कुश्मिसेरा प्रहरी चौकीले चेकजाँच गर्ने क्रममा मापदण्ड नपुगेको देखिएपछि जैमिनी नगरपालिकाको पशु शाखामा खबर गरेका थिए । सोमबार दिउँसो साँढे ४ बजेतिर खबर पाएपछि जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, पशु शाखा प्रमुख कृष्ण प्रसाद ढकाल, पशु प्राविधिक मदन घिमिरे सहितको टोली माछा जफत गरिएको ठाउँमा पुगेर हेर्दा माछामा गन्ध आउन थालिसकेको र अखाद्य देखिएकाले मुचुल्का उठाएर नष्ट गरिएको प्रहरी चौकी कुश्मिसेराका प्रमुख मिन बहादुर खत्रीले जानकारी दिनुभयो ।

१५ किलो अवैध माछा जफत गरी नष्ट गरिएको र माछा ब्यापारी पर्सा जिल्लाका जयराम साहलाई एक पटकको लागि सम्झाइ बुझाइ छाडिएको छ । जैमिनी नगरपालिकामा अखाद्य वस्तु भित्रिन थालेपछि चेकजाँचमा समेत कडाइ गरिएको प्रहरीले जनाएको छ ।

अवैध रुपमा मापदण्ड विपरित बजारमा ल्याइएका खाद्यवस्तुहरु खरिद नगर्न पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले सबैलाई आग्रह गर्नुभएको छ । यस्ता खाद्यवस्तुले असर गरे उजुर बाजुर गर्ने कुनै प्रमाण नहुने हुँदा त्यतातिर पनि ध्यान दिन उहाँको आग्रह छ ।

कोहि पनि व्यवसायी आउँदा कर तिर्नुपर्ने व्यवस्था भएकाले कर नतिरेको वा कुनै पनि विवरण नभएका खाद्यवस्तु विक्रिका लागि ल्याएको भए चेकजाँच गरी तत्काल कारवाही गर्न जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले प्रहरीलाई आग्रह गर्नुभएको छ । अखाद्य माछा समातेर सहयोग गरेकोमा उहाँले प्रहरीलाई धन्यवाद दिनुभएको छ ।

यस्तै केहि दिन पहिले जैमिनी नगरपालिकाकाे वडा नं ३ मा पनि यसरी नै अवैध माछा बरामत गरिएकाे थियाे । मापदण्ड विपरित बेच्न लगिएकाे माछा नखान सबैलाइ सूचना जारी गरिएकाे वडा नं ३ का वडाध्यक्ष कृष्ण भुजेलले जानकारी दिनुभएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो