जैमिनी नगरपालिकामा २ करोड भन्दा बढी बेरुजु देखियाे, पुँजीगत खर्च अत्यन्तै कम

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, १८ पुस २०७९ ।

बागलुङको जैमिनी नगरपालिकामा २ करोड भन्दा बढी बेरुजु देखिएको छ । आर्थिक बर्ष २०७७/७८ को लेखापरिक्षण गर्दा जैमिनी नगरपालिकामा २ करोड १ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

१ अर्ब ५४ करोड ९१ लाख ६३ हजार रुपैयाँ लेखा परीक्षण गरिएको रकमको १.३० प्रतिशत बेरुजु देखिएको महालेखा परिक्षकको कार्यलयले आज सोमबार जारी गरेको ५९ औँ बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार ९ करोड ९६ लाख ९० हजार रुपैयाँ मौज्दात रहेको छ । जैमिनीमा आर्थिक बर्ष २०७७/७८ मा चालु तर्फ ४९ करोड ४८ लाख २४ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगत तर्फ २० करोड २१ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै जैमिनीमा सोहि आर्थिक बर्षमा नै ५ करोड ३८ लाख ७४ हजार रुपैयाँ अन्य खर्च देखिएको छ । यो विवरणलाई हेर्दा नगरपालिकामा आर्थिक बर्ष २०७७/७८ मा जम्मा ७५ करोड ८ लाख ४० हजार रुपैयाँ खर्च भएको छ । जैमिनीमा खर्च भएकामध्ये २६ दशमलव ९२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको देखिएको छ ।

आर्थिक बर्ष २०७७/७८ मा जैमिनीको जम्मा आम्दानी ७९ करोड ८३ लाख २३ हजार रहेको छ जसमा आर्थिक बर्ष २०७६/७७ बाट सरीआएको दायित्व समेत जोडिएको छ ।

बेरुजु देखिनुमा योजना भन्दा फरक शिर्षकमा भुक्तानी हुने वा आवश्यक कागजात नमिल्नु मुख्य कारण रहने गरेको महालेखापरीक्षकको कार्यालयका महालेखापरीक्षक टंकमणी शर्माले बताउनुभयो । जिल्लाखबर डटकमसँगको कुराकानीमा उहाँले भन्नुभयो, “बेरुजु भन्ने बित्तिकै त्यसलाई भ्रष्टाचारको रुपमा बुझ्नु हुँदैन, विशेषगरी बेरुजु भनेको कानुन सम्बत खोजिएका कागजातहरु नहुनु वा विवरण फरक पर्नु हो, यसले पनि बेरुजु देखाउँछ ।”

अहिले अधिकांश स्थानीय तहमा बेरुजु बढ्नुको मख्य कारण पेश्की फर्छौट नहुनु, आवश्यक कागजात नदेखिनु रहेको उहाँको भनाई छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो