सयपत्री युवा क्लव देवलधाराको ७ औं बार्षिकोत्सव तथा पुसे मेलाको शुभारम्भ

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, २० पुस २०७९ ।

सयपत्री युवा क्लव देवलधाराको ७ औं बार्षिकोत्सव तथा पुसे मेलाको शुभारम्भ गरिएको छ । बागलुङको जैमिनी नगरपालिका १० राङ्खानी देवलधारामा अवस्थित सयपत्री युवा क्लवले बार्षिकोत्सवको अवसरमा आयोजना गरेको पुसे मेलाको मंगलबार शुभारम्भ गरिएको हो ।

मेलाको उद्घाटन गर्दै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले युवा शक्तिलाई परिचालन गर्न सके देश विकास गर्न सहज हुने बताउनुभयो । देशका युवा शक्तिहरु विदेश पलायन हुँदा देशको अवस्था नाजुक हुँदै जाने भन्दै उहाँले सयपत्री युवा क्लवले जस्तो युवाहरुलाई एकिकृत र परिचालन गरेर देशमा नै बस्नुपर्छ भन्ने भाव सृजना गर्नुपर्ने बताउनुभयो । जैमिनीको पहचान बोकेको सयपत्री युवा क्लवले युवाहरुको लागि विभिन्न कामहरु गर्दै आएको भन्दै यस्ता शक्तिलाई खेल क्षेत्रबाट अझ माथी लान सकिनेतर्फ नगपालिकाले ध्यान दिएको बताउनुभयो ।

No description available.

सप्ताहव्यापी रुपमा मनाउन लागिएको पुसे मेलाको २३ गते मूल समारोहका दिन गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष दल बहादुर श्रीस रानाले जानकारी दिनुभयो । भव्य कार्यक्रम गरी मनाउन लागिएको मेलाको अवसरमा ८१ हजार १ सय ११ रुपैयाँ राशीको साविक वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको पनि उद्घाटन गरिएको छ । पुस २४ गते समापन समारोहका दिन नेपाली कांग्रेसका महा समिति सदस्य तथा पूर्व त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति भिम श्रीसले कार्यक्रमको सम्बोधन गर्नुहुने कार्यतालिका रहेको आयोजकले जनाएको छ ।

No description available.

खेलकुद क्षेत्रमा युवाहरुलाई जागरुक गराउनका लागि सयपत्री युवा क्लवको माध्यामबाट आफूहरुले काम गरिरहेको अध्यक्ष दल बहादुर श्रीस रानाले बताउनुभयो । युवा शक्तिहरुलाई कुनै न कुनै तवरबाट परिचालन गर्न र नेतृत्वमा पुराउन सके देशमा नै बस्ने वातावरण बन्ने र देश विकासमा समेत योगदान हुने उहाँको भनाई छ । कार्यक्रमको अवसरमा विविध साँस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको छ ।

No description available.


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो