जैमिनीमा हिउँदे अधिवेशनको मिति तोकियो, फोहोर व्यवस्थापन र एम्बुलेन्स खरिद गर्ने निर्णय

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, २३ पुस २०७९ ।

बागलुङको जैमिनी नगरपालिकाले हिउँदे अधिवेशनको मिति तय गरेको छ । बिहिबार बसेको ११ औँ कार्यपालिकाको बठकले हिउँदे अधिवेशनको मिति तय गरेको हो ।

कार्यपालिकाको बैठकबाट पुस २७ गते नगरपालिकाको नगरसभा तथा हिउँदे अधिवेशन गर्ने मिति तय गरिएको जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । नगरसभामा केहि महत्वपूर्ण ऐन तथा कार्यविधिहरु टेबल गरिनेछ ।

यस्तै कार्यपालिकाको बैठकले आगामी आर्थिक बर्ष.२०८०/०८१ को लागि आय व्ययको प्रक्षेपण तथा अनुमान गरी वित्त आयोगमा पठाउने निर्णय समेत गरेको नगरपालिकाले जनाएको छ । कार्यपालिका बैठकले जैमिनीको फोहोर व्यवस्थापनको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शुभेक्षा एफएम ९६.६ मेगाहर्जबाट प्रशारण हुने कार्यक्रम हाम्रो घर हाम्रो नगरमा कुराकानी गर्दै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जैमिनी मेलाको लागि पनि १० लाख रुपैयाँ बजेट छुट्याइएको बताउनुभयो ।

नगरपालिकाको मातहतमा सञ्चालित कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा भएको एम्बुलेन्स भुगोल अनुरुप नभएकाले थप अर्को एम्बुलेन्स किन्ने निर्णय पनि कार्यपालिकाको बैठकले गरेको उहाँको भनाई छ । जसकाे लागि पालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

जैमिनी नगरपालिकाको वडा नं ३ र वडा नं ९ मा वडा कार्यलय र स्वास्थ्य चौकी निर्माणको लागि जग्गाको टुंगो लगाएर प्रक्रियामा लानको लागि बैठकले निर्णय गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो