सर्वोदय जनक मा.वि विनामारेको बार्षिकोत्सव सम्पन्न, प्रदेश सांसद सुवेदीद्वारा सम्बोधन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २० पुस २०७९ ।

सर्वोदय जनक माध्यामिक विद्यालय विनामारेले ६८ औं बार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । बागलुङको जैमिनी नगरपालिका ५ मा अवस्थित सर्वोदय जनक माध्यामिक विद्यालयले मंगलबार आफ्नो बार्षिकोत्सव मनाएको हो ।

बार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा ख का सांसद डिल्लीराम सुवेदीले विकास गाउँ गाउँमा आउने र गाउँका नागरिकहरु बसाईँसराई गरेर अन्यत्र जाने हुँदा गाउँ रित्तिन थालेकोमा दुःख व्यक्त गर्नुभयो । विद्यालय स्तरबाट नै शिक्षाको व्यवहारिक पाटोलाई हेर्नुपर्ने भन्दै उहाँले गाउँ गाउँमा विद्यालयहरु विद्यार्थी विहिन हुने अवस्था आउनु दुःखद् भएको बताउनुभयो ।

हिजोका दिनमा अग्रजहरुले शिक्षाको चेतना छरेर गाउँ गाउँमा विद्यालय सञ्चालन गरेपनि अहिलेको पुस्ताले ती विद्यालयहरु बचाउन लाग्नुपर्ने उहाँको भनाई छ । शिक्षा नै विकासको सबैभन्दा महत्वपूर्ण पाटो भएको भन्दै उहाँले युवा वर्गहरुले देशमा नै केहि गर्नुपर्छ भनेर अठोट गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भवानी आचार्यले विद्यालयको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्ने अक्षयकोषदाता, चन्दादाता, भुतपूर्व प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएतलाई सम्मान गरिएको थियो भने बिभिन्न विधामा छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा, शिक्षा शाखा प्रमुख खेम प्रसाद आचार्य, जैमिनी नगरपालिका ५ का वडाध्यक्ष ठग बहादुर क्षेत्री थापा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार