युवा समाजसेवी सापकोटाद्वारा सहिद स्मारक प्रा.वि. मा विद्यार्थीलाई न्यानो कपडा वितरण

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, २४ पुस २०७९ ।

सहिद स्मारक प्राथमिक विद्यालय दमेकमा विद्यार्थीहरुलाई न्यानो कपडा सहितका सामग्री वितरण गरिएको छ । आइतबार बागलुङको जैमिनी नगरपालिका २ दमेक पोखराचौर स्थित उक्त विद्यालयका विद्यार्थीहरुको लागि शैक्षिक सामग्री सहित न्यानो कपडा वितरण गरिएको हो ।

होटल पर्वका म्यानेजिङ डाइरेक्टर तथा युवा व्यवसायी रुशन सापकोटाले विद्यालयलाई सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी नारायण सापकोटाले जानकारी दिनुभयो । २४ जना विद्यार्थीहरुलाई जुत्ता देखि टोपी सम्मका कपडाका साथै स्टेशनरी सामग्री वितरण गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा सापकोटा ब्रदर्श कम्पनीका म्यानेजिङ डाइरेक्टर समेत रहनुभएका सहयोगी सापकोटाले आफूले गर्ने खर्च जोगाएर कसैको आङ ढाक्न सकिन्छ भनेर विद्यार्थीहरुलाई सहयोग गरेको बताउनुभयो । अर्थ अभावमा कतीपय विद्यार्थीहरुले पढाई छोड्नुपर्ने अवस्था आउने हुँदा स साना बालबालिकाहरुको यो अवस्था नआओस् भनेर आफूले विद्यार्थीहरुको लागि सहयोग गरेको उहाँको भनाई छ ।

युवा अवस्थामा नै समाजसेवी भावले समाजसेवामा लाग्नुभएका सापकोटाले विद्यालयको लागि प्राथमिक उपचार बक्स सहित विद्यार्थीहरुका लागि जुकाको औषधि समेत सहयोग गर्नुभएको छ । आइतबार उपस्थित विद्यार्थी र अविभावकहरुको खाजा खर्च समेत सापकोटाले नै व्यहोर्नुभएको थियो ।

यो जाडोमा विद्यालय आउने बालबालिकाहरुले चिसोकै कारण पढाई नछोडुन् र उनीहरुको स्वास्थ्यमा कुनै समस्या नहोस् भनेर न्यानो कपडा सहयोग गरिएको सापकोटाले बताउनुभयो । २४ जना विद्यार्थीहरुलाई जुत्ता, मोजा, ट्रयाक सुट, टोपी सहित स्टेशनरी सामग्री प्रदान गर्दा आफूलाई पुण्यको महशुस भएको उहाँको भनाई छ ।

बाल विकास देखि कक्षा ३ सम्म सञ्चालन भएको उक्त विद्यालयमा अध्ययन गर्ने अधिकांश दलित परिवारका विद्यार्थी भएको र उनीहरुको आयस्तर अत्यन्तै कम भएको अवस्थामा यसरी सहयोग गर्नु निकै प्रशंसनीय रहेको जैमिनी नगरपालिका २ का वडाध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । युवा उमेरमा नै सहयोगी भावनाले समाजसेवामा लागेको प्रति सशयोगी रुशन सापकोटा प्रति धन्यवाद दिँदै उहाँले यसबाट अरुले पनि ठुलो पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।

पुख्र्यौली घर दमेक भएका सापकोटाले अहिले बिभिन्न क्षेत्रमा काम गरिरहनुभएको छ । उहाँको बागलुङ बजारमा होटल पर्व नामको सुविधासम्पन्न होटल, न्यू धौलागिरी इन्टरप्राइजेज नामको पेट्रोल पम्प, लगाएतको व्यवसाय रहेको छ । सापकोटा ब्रदर्श कम्पनी मार्फत उहाँले होटल, पेट्रोलियम, कपडा, यातयात र आयात निर्यातको काम गरिरहनुभएको छ ।

पिता हरिबाबु सापकोटाको साथमा व्यवसाय गरिरहनुभएका रुशनले आफू सामाजिक काममा निरन्तर लाग्ने र गाउँ ठाउँको विकासका लाििग बिभिन्न कार्यक्रमहरु भित्राउने बताउनुभएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो