सयपत्री युवा क्लव देवलधाराको ७ औं बार्षिकोत्सव तथा पुसे मेलाको समापन, भलिवल कसले जित्याे ?

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, २६ पुस २०७९ ।

सयपत्री युवा क्लव देवलधाराको ७ औं बार्षिकोत्सव तथा पुसे मेलाको समापन गरिएको छ । बागलुङको जैमिनी नगरपालिका १० राङ्खानी देवलधारामा अवस्थित सयपत्री युवा क्लवले बार्षिकोत्सवको अवसरमा आयोजना गरेको पुसे मेलाको सोमबार समापन गरिएको हो ।

भव्य कार्यक्रम मनाइएको मेलाको अवसरमा सञ्चालित ८१ हजार १ सय ११ रुपैयाँ राशीको साविक वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधी गलकोट नरेठाँटीले जितेको छ । चम्किलो तारा युवा क्लव जमिनी ५ विनामारेलाई हराउँदै नरेठाँटीले उपाधी जितेको अध्यक्ष दल बहादुर श्रीस रानाले जानकारी दिनुभयो । यस्तै भलिवल खेलमा आयोजक सयपत्री युवा क्लवको समुह उप विजेता र शान्तवना भएको छ ।

समापन समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका महा समिति सदस्य तथा पूर्व त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति भिम श्रीसले युवाहरु विदेश पलायन हुनु राम्रो नभएको भन्दै देशमा नै केहि गर्नुपर्ने बताउनुभयो । युवा शक्ति विदेश पलायन हुँदा देशमा दक्ष जनशक्तिको अभाव हुने भन्दै उहाँले युवाहरुलाई विदेश पलायनबाट रोक्न राज्यले नै कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक संघ संस्था र क्लवहरुको माध्यामबाट युवाहरुलाई सत्कर्मतर्फ लान मद्दत पुग्ने भएकाले यस्ताखाले कार्यक्रममा युवाहरुलाई सहभागीता गराउनुपर्ने उहाँको भनाई छ । पुस १९ गते जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले उद्घाटन गर्नुभएको कार्यक्रमको मुल समारोहका दिन पुस २३ गते गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले सम्बोधन गर्नुभएको थियो ।

खेलकुद क्षेत्रमा युवाहरुलाई जागरुक गराउनका लागि सयपत्री युवा क्लवको माध्यामबाट आफूहरुले काम गरिरहेको अध्यक्ष दल बहादुर श्रीस रानाले बताउनुभयो । युवा शक्तिहरुलाई कुनै न कुनै तवरबाट परिचालन गर्न र नेतृत्वमा पुराउन सके देशमा नै बस्ने वातावरण बन्ने र देश विकासमा समेत योगदान हुने उहाँको भनाई छ । कार्यक्रमको अवसरमा विभिन्न कलाकारहरुले सांगितिक प्रस्तुति राखेका थिए ।

कार्यक्रमकाे अवसरमा उपस्थित अतिथिहरूलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । भव्य रुपमा सम्पन्न भएको कार्यक्रमलाई भव्य र सभ्य बनाउन साथ र सहयोग गर्नेहरु प्रति सयपत्री युवा क्लवले धन्यवाद ज्ञापन गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो