Breaking News: बागलुङकाे बिनामारेमा आगलागीमा परेर एक जनाको ज्यान गयो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ पुस २०७९ ।

बिनामारेमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । बागलुङको जैमिनी नगरपालिका ५ बिनामारे ठुलोढुङ्गा स्थित एक घरमा आगलागी हुँदा ५० बषीय धन बहादुर नेपालीको ज्यान गएको हो ।

हिजो राति करिव १ बजेतिर आगलागी भएर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । आगलागी के कारणले भयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगलागीको थप विवरण आउन बाँकी छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो