बागलुङ, २८ पुस २०७९ ।
आजदेखि कुश्मिसेरामा जैमिनी मेला सुरु हुँदै छ । बागलुङको जैमिनी नगरपालिका स्थित सहारा खेल मैदान दुर्लेवेसीमा मेलाकाे सुरूवात गर्न लागिएकाे हाे ।
पुस २९ गतेदखि माघ ५ गतेसम्म सञ्चालन हुने मेलाकाे जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले उद्घाटन गर्नुहुने मेला आयोजक सहारा क्लव कुश्मिसेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । मेलाकाे तयारी पुरा भएकाे उहाँकाे भनाइ छ ।
परम्परा देखि नै चलि आएको मेलालाई “स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग, व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने नारा सहित बृहत रुपमा सम्पन्न गरिने छ ।

मेला स्थलकाे फाेटाे हेर्नुहाेस् ।


फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्