एनएमबी बैंकद्वारा कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड मेसिन हस्तान्तरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २८ पुस २०७९ ।

एनएमबी बैंक कुश्मिसेराले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई पानी सुद्धिकरण गर्ने मेसिन हस्तान्तरण गरेको छ । बिहिबार जैमिनी नगरपालिकाका नगर प्रमुख सहितको रोहवरमा प्राथमिक स्वास्थ्य केन्द्रलाई पानी सुद्धिकरण गर्ने युरोगार्ड मेसिन हस्तान्तरण गरिएको हो ।

एनएमबी बैंक कुश्मिसेरा शाखाको संस्थागत सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता कार्यक्रम अन्तरगत कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा युरोगार्ड जडान गरिदिएको एनएमबी बैंक कुश्मिसेरा शाखाका शाखा प्रवन्धक रेशम शर्मा पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा आउँदा नागरिकहरुले प्रदुषित पानी पिउन नपरोस् भनेर पानी सुद्धिकरण गर्ने मेसिन जडान गरिएको उहाँको भनाई छ ।

हस्तान्तरण कार्यक्रम पछि बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले बैंकले स्वास्थ्य संस्था प्रति गरेको सहयोग अमूल्य रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । सामाजिक संघ संस्थाहरुको साथ र सहयोगले नै नगरपालिकाले थप विकासको गति लिने भन्दै उहाँले एनएमबी बैंकले जस्तै अन्य संस्थाहरुले पनि यसैगरी सामाजिक काममा अग्रसर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा शाखा प्रवन्धक पौडेलले जडान गरिएको युरोगार्डको वारेन्टी कार्ड सहितको कागजात समेत स्वास्थ्य संस्थालाई हस्तान्तरण गर्नुभएको छ । नगर प्रमुख नर बहादुर पुनले युरोगार्डबाट पानी थापेर शुभारम्भ गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पुन सहित नगर उप प्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, स्वास्थ्य शाखा संयोजक गोविन्द आचार्य, स्वास्थ्य केन्द्रका निमित्त ईन्चार्ज विदुर शर्मा लगाएतको उपस्थिति रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो