जैमिनी मेलाको दोस्रो दिन विविध कार्यक्रम चल्दै, शैक्षिक प्रदर्शनी मुख्य आकर्षक

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, ३० पुस २०७९ ।

कुस्मिसेरामा भएको जैमिनी मेलाको दोस्रो दिन आज विभिन्न कार्यक्रमहरु भएका छन् । सहारा क्लव कुश्मिसेराको आयोजनामा भएको मेलाको दोस्रो दिन विविध कार्यक्रमहरु भएका हुन् ।

जनप्रतिनिधि र कर्मचारीबिच भएको मैत्रीपुर्ण भलिबल खेल, महिला भलिबल प्रतियोगिता, शैक्षिक सामग्री प्रर्दशनी सहित विविध सास्कृतिक कार्यक्रम भएको आयोजक सहारा क्लव कुश्मिसेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । सहारा खेल मैदान दुर्लेवेशीमा शुक्रबार जैमिनी नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मी विच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितको फाइनल खेलमा स्वास्थ्यकर्मीलाइ पराजित गर्दै कर्मचारीको टिमले विजय हासिल गरेको छ । खेलमा जैमिनी नगरपालिकाका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र बजारका व्यावसायीहरुको ५ टिम सहभागी भएको थियो ।

आजै प्रथम चरणको महिला भलिबल खेल पनि भएको छ । जसमा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाबिच प्रतिस्पर्धा हुँदा बागलुङ नगरपालिकाले जित हात पारेको छ । भोलि जैमिनी नगरपालिकाको जैदी र कुस्मा पर्वतविच खेल हुने सहारा क्लबका खेल संयोजक मिलन थापा मगरले जानकारी दिनुभयो । उक्त खेलमा पाँच टिमको सहभागिता रहेको क्लबले जनाएको छ ।

May be an image of 2 people

मेलाको अवसरमा भएको शैक्षिक सामग्री प्रदर्शनीमा शान्ति माध्यामिक विद्यालय कुश्मिसेराका उत्तम परियारकाे टिम प्रथम, हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराका प्रज्वल रिजालकाे टिम द्वित्तीय र जनता माध्यामिक विद्यालय राङ्खानी पाहीका नसर्मल शर्माकाे टिम तृतीय भएका छन् । प्रथम भएको शान्ति मा.विका विद्यार्थीहरुले चालकले मादक पदार्थ सेवन गरेमा साइरन बज्ने र गाडी आफैँ बन्द हुने अल्कोहल डिटेक्टर मेसिन बनाएका थिए । यस्तै दोस्रो हुने हिमालयन आवाशीय मा.विका विद्यार्थीहरुले हरित जैमिनी र हाइड्रो पावर सिस्टम बनाएका थिए । तेस्रो हुने जनता मा.वि पाहीका विद्यार्थीहरुले विद्युतीय घण्टी बनाएर प्रर्दशनीमा राखेका थिए ।

शैक्षिक सामग्री प्रदर्शनीकाे भिडियाे हेर्नुहाेस् ।

उनीहरुले राखेको सामग्रीहरु प्रयोग गर्न लगाएर सोहि आधारमा मुल्यांकन गरिएको शैक्षिक सामग्री प्रर्दशनीका संयाेजक चित्र प्रसाद चापागाइले जानकारी दिनुभयो ।

मेलाको दोस्रो दिन अहिले विविध सास्कृतिक कार्यक्रम भैरहेको छ । मेलामा कलाकार कृष्ण अखेली, तेजेश रेग्मी, राजेश बर्देवा, लगाएतले आफ्नो प्रस्तुति देखाएका छन् । भोलि मुख्य समारोहमा विभिन्न आकर्षक कार्यक्रम हुने क्लबले जनाएको छ । कार्यक्रम माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग, व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने नारा सहित सञ्चालित मेलामा भोली जैमिनी घाटमा पुजा सहित कुश्मिसेरासम्म पदयात्रा हुनेछ ।

May be an image of 1 person and indoor


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो