Breaking News: ७२ जना सवार यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना

याे सामग्री सेअर गर्नुहाेस्

पाेखरा, १ माघ २०७९ ।

७२ जना सवार यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना भएकाे छ ।  बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेकाे यति एअरलाइन्सकाे बिमान पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।

जहाजमा ६८ जना यात्रुसहित चार जना चालक दलका सदस्य गरी ७२ जना रहेका छन्। । खोलामा खसेको विमान आगोले जलिरहेको छ । कास्कीका प्रहरी उपरीक्षक अजय केसीले अहिले पनि आगो निभाउने प्रयास चलिरहेको जानकारी दिनुभयो । विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज रहेकाे बताइएकाे छ । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो । आज जहाज उडाइरहेका क्याप्टेन कमल केसी समेत अनुभवी पाइलट हुनुहुन्छ ।  दुर्घटनाकाे थप विवरण आउन बाँकी छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो