जैमिनी मेलामा आज भलिवल खेल हुँदै, जीवन दाहाल सहितको प्रस्तुति रहने-कार्यतालिका हेर्नुहाेस्

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ माघ २०७९ ।

कुश्मिसेरामा सञ्चालित जैमिनी मेलामा आज सर्वाधिक राशीको पालिका स्तरीय पुरुष भलवल प्रतियोगिताको सुरुवात हुँदै छ । मेलाको चौथो दिन आजबाट भलिवल खेलको सुरुवात गर्न लागिएको हो ।

सहारा क्लव कुश्मिसेराले माघेसक्रान्तिको अवसरमा आयोजना गरेको मेलामा आज नै धौलागिरी अञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सुरुवात गरिनेक्लवका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । “स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग, व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने नारा सहित सञ्चालित मेलामा आज जीवन दाहाल, नविना सुवेदी, दुर्गा विरही लगाएतका कलाकारहरुको सांगितीक प्रस्तुति रहने छ । सहारा खेल मैदान दुर्लेवेशीमा भैरहेकाे मेलामा आज पित्री बुढो र पुर्खे बा का नामले परिचित हाँस्य कलाकार पुरुषोत्तम भण्डारीको पनि रमाइलो प्रस्तुति रहने छ ।

जैमिनी मेलाकाे अवसरमा भएकाे भजन सहित पदयात्रा भिडियाेमा हेर्नुहाेस् 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार