जैमिनी मेलाको अवसरमा आयोजित महिला भलिवल र ब्याडमिन्टन खेल सकियो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ माघ २०७९ ।

जैमिनी मेलाको अवसरमा आयोजित हाजिरी जवाफ, महिला भलिवल र ब्याडमिन्टन प्रतियोगिता फाइनल भएको छ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा आयोजित मेलामा मंगलबार ३ वटा प्रतियोगिताको फाइनल भएको हो ।

महिला भलिवल प्रतियोगितामा पोखरा हेम्जा समुह प्रथम भएको छ । यस्तै हिमला पुन मगर आमा समुह कुश्मा पर्वत द्वित्तीय र बागलुङको समुह उप विजेता भएको छ । यस्तै जैमिनी नगर स्तरीय बी लेभल डबल ब्याडमिन्टन प्रतियोगितामा दिलिप पुलामी र विजय थापाको टिम प्रथम फणिन्द्र थापा र हिमाल श्रीसको टिम द्वित्तीय भएको छ भने ओम श्रीस र खुम श्रीसको टिम र नविन र मिलनको टिम उप विजेता बनेको छ ।

आजै भएको धौलागिरी अञ्चल स्तरीय खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिताको फाइनल चन्द्र पुन र विष्णु रिजालको टिमले जितेको छ । यस्तै भुम पुन र जीवन क्षेत्रीको टिम दोस्रो भएको छ भने सविन पुन र लिल पुनको टिम र प्रवेश थापा र साजन शाक्यको टिम उप विजेता बनेको छ ।

यस्तै नगर स्तरीय हाजिरी सवाफ प्रतियोगितामा ६४ अंक ल्याएर जनता माध्यामिक विद्यालय सर्कुवाका विद्यार्थी प्रथम भएका छन् । यस्तै ५४ अंक ल्याएर जनता माध्यामिक विद्यालय पैयुँथन्थापका विद्यार्थी द्वित्तीय र ५२ अंक ल्याएर शान्ति माध्यामिक विद्यालय कुश्मिसेराको बि समुह तृतीय भएको छ । हाजिरीजवाफमा १० विद्यालयको १२ टिमको सहभागिता रहेको थियो ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने मूल नाराका साथ सहारा खेल मैदान दुर्लेवेशीमा आयोजना भैरहेको मेलामा चर्चित कलाकार एलिना चौहान, सरस्वती लामिछाने, तेजेन्द्र नेपाली लगाएतले आफ्नो सांगितिक प्रस्तुति दिएका थिए । पुस २९ गतेदेखि सुरु भएको मेला माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार