जैमिनीमा राष्ट्रिय कृषि जैविक विविधता बर्ष मनाइयो, के हो जैविक विविधता?

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, ८ माघ २०७९ ।

जैमिनी नगरपालिकाले राष्ट्रिय कृषि जैविक विविधता बर्ष २०७९ मनाएको छ । शनिबार सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन पारेर जैमिनी १० पाहीमा कृषि जैविक विविधता बर्ष मनाइएको हो ।

जीवन तथा वातावरणको लागि कृषि जैविक विविधता भन्ने नारा सहित आचार्य जैविक कृषि फार्म जैमिनी नगरपालिका १० राङ्खानी पाहीमा मुल समारोहको आयोजना गरी विविधता बर्ष मनाइएको जैमिनी नगरपालिका कृषि शाखाका प्राविधिक प्रमिला शर्माले जानकारी दिनुभयो । कृषिमा जैविक विविधता कत्तिको जरुरी छ ? यसबाट हुने फाइदाहरु के के हुन् ? लगाएतका विषयमा उहाँले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जैविक विविधताले गर्दा नै यो संसारमा हरेक वस्तुको अस्तित्व रहेकाले यसबारे कृषकहरु जानकार हुनुपर्ने बताउनुभयो । जैविक विविधता भनेको जैविक वंशहरुमा भएको विविधता भएकाले कृषिमा रैथाने बालीको प्रयोग गरेर आम्दानी गर्न सकिने भन्दै उहाँले एकै वस्तुको पनि क्षमता र गुणमा फरकपन हुने भएकाले यसबारे जानकार हुनुपर्नेमा जोड दिनुभयो ।

सबै कृषकले एक अर्कालाई सहयोग गर्ने र आवश्यक परेको कुरा त्यहीँ किनिदिने बानीको विकास गरे एक अर्कोको जीवन सहज हुनुका साथै व्यवसाय पनि प्रवद्र्धन हुने उहाँको भनाई छ । कृषकहरुले अनावश्यक कुरा नगरी मिलेर काम गर्ने र राज्यले पनि आगामी कार्यक्रम बनाउँदा गुनासाहरुलाई ध्यान दिएर कार्यक्रम बनाउने हो भने कृषि क्षेत्र थप व्यवस्थित हुने उहाँको धारणा छ ।

कार्यक्रममा आचार्य जैविक कृषि फार्मका सञ्चालक तथा अगुवा कृषक केदार आचार्यले राज्यले कृषकको समस्या नबुझिदिँदा आफूजस्ता कृषक पलायन हुनुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो । बजार भाउ देखि मल विउ सम्म राज्यले दायित्वबोध गर्नुपर्ने भन्दै उहाँले राज्यले आफ्नो दायित्वबोध नगर्दा कृषकहरुलाई समस्या भएको बताउनुभयो ।

कार्यक्रमको अवसरमा उहाँले विविध बाली र च्याउको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जैमिनी नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नं ४ का वडाध्यक्ष चक्र बहादुर थापा, आयुर्वेद शाखाका प्रमुख डाक्टर लक्ष्मी प्रसाद शर्मा लगाएतले कृषि र जैविक विविधताबारे बोल्नुभएको थियो ।

सामान्यतया जीवित प्राणी र वनस्पतिवीचको भिन्नता, किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले संसारका सबै क्षेत्र जल, स्थल, समुन्द्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिवीच पाइने फरकपन, प्रकार तथा तिनिहरुवीचको अन्तरसम्बन्ध एवम्ं सम्योजन समेतलाई जनाउँछ । कुनै एक स्थानको वन क्षेत्रमा वनस्पति, पशुपंक्षी र अन्य जीव रहेका हुन्छन् भने यसैलाई जैविक विविधता भनिन्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो