यो बर्षको जैमिनी मेला सम्पन्न, नगर उप प्रमुख शर्माले गरे समापन- के के भयाे मेलामा ? हेर्नुहाेस्

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, ५ माघ २०७९ ।

बागलुङकाे जैमिनी नगरपालिकाकाे केन्द्र कुश्मिसेरामा सञ्चालित यस बर्षको जैमिनी मेला सम्पन्न भएको छ । पुस २९ गतेदेखि सुरु भएको मेला विविध कार्यक्रमका साथ आज बिहिबार सम्पन्न भएको हो ।

मेला समापन गर्दै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जैमिनीको पहिचान जोगाइराख्न यस्ताखाले मेला महोत्सवको ठुलो महत्व हुने बताउनुभयो । जैमिनीलाई विश्वसामु चिनाएर पर्यटन प्रवर्द्धन गर्न सकिनेतर्फ जोड दिँदै उहाँले नगरपालिकाको पहिचान बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजित मेलाको अवसरमा सञ्चालन गरिएको भलिवल प्रतियोगिताको उपाधि गलकोटले जितेको छ । फाइनलमा जैमिनी नगरपालिका निलोलाई ३ वटै सेटमा हराउँदै गलकोटले उपाधि जेतेको हो ।

सर्वाधिक राशीको पालिका स्तरीय पुरूष भलिवल प्रतियोगिता जितेको गलकोटले १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको जैमिनी निलोले ५५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार जितेको छ ।

यस्तै विहिबार नै जैमिनी डान्स आइडल प्रतियोगिता पनि सम्पन्न भएको छ । ९ जना सहभागी आइडलमा बागलुङ नगरपालिका १२ अमलाचौरकी रिमा परियारले उपाधी जित्दा प्रथम रनरअप सुषम सापकोटा र दोस्रो रनरअप स्मृति मल्ल भएका छन् ।

माघेसंक्रान्तिको अवसरमा आयोजित मेलाको माघ १ गते मुल समारोहको आयोजना गरिएको थियो । पुस २९ गते जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले उद्घान गरेर सुरु भएको मेलाको मुल समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी आउने तय भएपनि हिड्ने बेलामा पोखरामा विमान दुर्घटना भएकाले उहाँ आउने कार्यक्रम रद्द भएपछि गण्डकी प्रदेश सांसद लिल बहादुर थापा मगरले मुल समारोहको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनकाे कार्यक्रम भिडियाेहा हेर्नुहाेस् 

 

माघ १ गते जैमिनी संकीर्तन समुहकाे संयाेजनमा जैमिनी ऋषिकाे तपाेभूमि जैमिनीघाटमा विविध कार्यक्रमका साथै पदयात्रा गरिएकाे थियाे ।

भजन सहितकाे पदयात्रा भिडियाेमा हेर्नुहाेस् ।

मंगलबार भएको महिला भलिवल प्रतियोगितामा पोखरा हेम्जा समुह प्रथम भएको छ । यस्तै हिमला पुन मगर आमा समुह कुश्मा पर्वत द्वित्तीय र बागलुङको समुह उप विजेता भएको छ । यस्तै मंगलबार नै जैमिनी नगर स्तरीय बी लेभल डबल ब्याडमिन्टन प्रतियोगितामा दिलिप पुलामी र विजय थापाको टिम प्रथम फणिन्द्र थापा र हिमाल श्रीसको टिम द्वित्तीय भएको छ भने ओम श्रीस र खुम श्रीसको टिम र नविन र मिलनको टिम उप विजेता बनेको थियो ।

मंगलबार नै भएको धौलागिरी अञ्चल स्तरीय खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिताको फाइनल चन्द्र पुन र विष्णु रिजालको टिमले जितेको थियो । यस्तै भुम पुन र जीवन क्षेत्रीको टिम दोस्रो भएको छ भने सविन पुन र लिल पुनको टिम र प्रवेश थापा र साजन शाक्यको टिम उप विजेता बनेको छ ।

यस्तै मंगलबार भएको नगर स्तरीय हाजिरी सवाफ प्रतियोगितामा ६४ अंक ल्याएर जनता माध्यामिक विद्यालय सर्कुवाका विद्यार्थी प्रथम भएका छन् । यस्तै ५४ अंक ल्याएर जनता माध्यामिक विद्यालय पैयुँथन्थापका विद्यार्थी द्वित्तीय र ५२ अंक ल्याएर शान्ति माध्यामिक विद्यालय कुश्मिसेराको बि समुह तृतीय भएको छ । हाजिरी जवाफमा १० विद्यालयको १२ टिमको सहभागिता रहेको थियो । कुश्मिसेरामा अवस्थित शुभेक्षा एफएम ९६.६ मेगाहर्ज मिडिया पार्टनरको रुपमा रहेको मेलाको अवसरमा आयोजना गरिएको रत्यौली प्रतियोगितामा ३ टिम भएपछि सहभागी पुरस्कार प्रदान गरिएको आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ ।

सहारा खेल मैदान दुर्लेवेशीमा आयोजित मेलामा गत शुक्रबार जैमिनी नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मी विच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितको फाइनल खेलमा स्वास्थ्यकर्मीलाई पराजित गर्दै कर्मचारीको टिमले विजय हासिल गरेको थियो । खेलमा जैमिनी नगरपालिकाका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र बजारका व्यावसायीहरुको ५ टिम सहभागी भएको थियो ।

मेलाको अवसरमा भएको शैक्षिक सामग्री प्रदर्शनीमा शान्ति माध्यामिक विद्यालय कुश्मिसेराका उत्तम परियारको टिम प्रथम, हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराका प्रज्वल रिजालको टिम द्वित्तीय र जनता माध्यामिक विद्यालय राङ्खानी पाहीका निर्मल शर्माको टिम तृतीय भएका छन् । प्रथम भएको शान्ति मा.विका विद्यार्थीहरुले चालकले मादक पदार्थ सेवन गरेमा साइरन बज्ने र गाडी आफैँ बन्द हुने अल्कोहल डिटेक्टर मेसिन बनाएका थिए । यस्तै दोस्रो हुने हिमालयन आवाशीय मा.विका विद्यार्थीहरुले हरित जैमिनी र हाइड्रो पावर सिस्टम बनाएका थिए । तेस्रो हुने जनता मा.वि पाहीका विद्यार्थीहरुले विद्युतीय घण्टी बनाएर प्रर्दशनीमा राखेका थिए ।

शैक्षिक प्रदर्शनीका वस्तुहरू भिडियाेमा हेर्नुहाेस् 

कार्यक्रममा जैमिनी नगरपालिकाका विभिन्न वडाका कृषकहरुले उत्पादन गरेका विभिन्न खाद्यन्न, नगदे, तरकारी तथा फलफुल बालीहरु प्रदर्शनीमा राखिएको थियो । स्टलमा कृषकहरुले उत्पादन गरेको, बाँकोको गुन्द्रुक, अदुवा, बेसार, काउली, फर्सी, बन्दा, मुला, रायो, मास, सिलटुङ, धनियाँ लगाएतका तरकारी बालीहरु प्रदर्शनीमा राखिएको थियो । यस्तै सुन्तला, मेवा लगाएतका फलफुल र कोदो, जुनेलो, अनादी धान, मकै सहित रैथाने खाद्य बालीहरु प्रदर्शनमा राखेको जैमिनी नगरपालिकाका कृषि शाखाका प्राविधिक प्रमिला शर्माले जानकारी दिनुभयो ।

प्रदर्शनीमा राखिएका उत्कृष्ट कृषि बालीका कृषकहरुलाई पुरस्कार प्रदान गरिएको छ । प्रथम हुनेले २ हजार, द्वित्तीय हुनेले १ हजार र तृतीय हुनेले ५ सय रुपैयाँ पुरस्कार पाएकाछन् । मेलामा पशु प्रदर्शनीको स्टल पनि राखिएको थियो । जैमिनीका कृषकहरुले पालेका खसी, बोका, टर्की, बाख्रा, कुखुरा लगाएत प्रदर्शनी राखिएको थियो । पशु प्रदर्शनीको प्रथम पुरस्कार ५ हजार, द्वित्तीय पुरस्कार ३ हजार र तृतीय पुरस्कार १ हजार रुपैयाँ रहेको छ भने पंक्षीको लागि भने ३ हजार, २ हजार र १ हजार पुरस्कार राशी प्रदान गरिएको जैमिनी नगरपालिका पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो ।

जैमिनी मेलाको अवसरमा ख्यातिप्राप्त कलाकारहरुद्वरा दैनिक सांगितीक प्रस्तुतिहरु भएका थिए । मेलामा चर्चित कलाकार एलिना चौहान, जीवन दाहाल, तेजेन्द्र नेपाली, कृष्ण अखेली, राजेश बर्देवा, विनु क्षेत्री, हेमन्त शर्मा, नविना सुवेदी, सरस्वती लामिछाने, निशा पोखरेल, सुनिल वि.सी लगाएतले आफ्नो प्रस्तुति राखेका थिए ।
सहारा क्लव कुश्मिसेरा आयोजक रहेको मेलामा विभिन्न संघ संस्थाहरुबाट सहयोग भएको थियो । मेला सफल पार्न साथ र सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद् ज्ञापन गरेको छ ।

गलकोट र जैमिनी ४ सर्कुवा बिच भएको प्रतिस्पर्धात्मक भलिबल खेल भिडियाेमा हेर्नुहोस्


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो