काठमाण्डाै, १६ माघ २०७९ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावकाे मिति तय गरेको छ । यी पदकाे कार्यकाल सकिने समय नजिकिँदै गर्दा आयोगले चुनावकाे मिति ताेकेकाे हाे ।
निर्वाचन आयोगले राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको चुनाव आउँदाे चैत ३ गते शुक्रवार हुने गरी मिति तोकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयाे । आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने र यसबारे नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउने बताइएकाे छ ।

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्