यसपटक पर्याप्त वर्षा नहुँदा सुख्खापन बढ्याे, तत्काल पानी पर्ने सम्भावना देखिएन

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, २० माघ २०७९ ।

यसपटक पर्याप्त वर्षा नहुँदा सुख्खापन बढेकाे छ । हिउँदमा हुनुपर्ने जति बर्षा नभएपिछ सुख्खापन बढेकाे हाे । हिउँदे वर्षा नहुँदा किसान सबैभन्दा बढी प्रभावित भएका छन् । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य पानी परे पनि देशको मध्य र पूर्वमा पानी पर्न सकेको छैन ।

पानी नपर्दा सुख्खापनसँगै गर्मी बढ्न थालेकाे छ । माघ महिनामै गर्मी बढ्नु सबै हिसाबले नराम्राे मानिन्छ । पानी नपर्दा वायुमण्डलमा समेत प्रदुषण बढेकाे छ भने डडेलाे जस्ता आगलागीजन्य घटना समेत बढ्दाे रहेकाे छ । अहिले तत्काल पानी पार्ने कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेकोले यो वर्ष हिउँदे वर्षा हुने सम्भावना नभएकाे मौसमविद् पौडेलले बताउनुभयाे ।

किसानले हिउँद याममा लगाउने बालीनाली पानी नपरेका कारण सुक्न थालेका छन्। यसले उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित छन्। अहिले पश्चिमी वायुको प्रभाव सामान्य भए पनि शक्तिशाली हुन नसक्दा वर्षा हुन सकेको छैन। नेपालमा हिउँदयाममा औषतमा ६० मिलिमिटर पानी पर्दछ। तर यो वर्ष अहिलेसम्म जम्मा ७.९ मिलिमिटर मात्र पानी परेको छ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो