जैमिनीमा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन सम्बन्धी गोष्ठी सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, २३ माघ २०७९ ।

जैमिनी नगरपालिकामा हात्तिपाइले रोग विरुद्धको आम औषधि अभियानको सन्दर्भमा पालिका स्तरीय योजना तर्जुमा तथा बहु निकाय गोष्ठी सम्पन्न भएको छ । बागलुङ जिल्लामा १४ औं पटक आम औषधि सेवन अभियान चलाउने सन्दर्भमा जैमिनीमा पनि पालिका स्तरीय योजना तर्जुमा तथा बहु निकाय गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले एक ठाउँमा हात्तिपाइले संक्रमण देखिएमा जिल्लाभर नै आम औषधि सेवन गर्नुपर्ने भएकाले यसबारेमा सबै सचेत बन्नुपर्ने बताउनुभयो । सबैले नछुटाइ औषधि सेवन गर्न आग्रह गर्दै उहाँले यस पटक औषधि सेवन गरे वा नगरेको पत्ता लगाउन नङमा मसी लगाउने र घरमा संकेत गर्ने जानकारी दिनुभयो । यस पटक टोल टोलमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोलीले औषधि सेवन गराउने र घर घरमा पनि गएर औषधि सेवन गराउने उहाँको भनाई छ ।

बागलुङ जिल्लाभर फागुन ११ गते देखि २५ गतेसम्म हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुँदै छ । सुरुमा विद्यालयहरुमा औषधि सेवन गराइने छ भने त्यसपछि टोलटोलमा र घरघरमा नै पुगेर औषधि सेवन गराइने स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउनुभयो ।

गोष्ठीमा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले यसअघि हात्तिपाइले संक्रमण देखिएकाहरुले औषधि सेवन गरे वा गरेनन् ? गरेको भए कति पटक औषधि सेवन गरेको थियो भन्ने खोज्नुपर्नेमा जोड दिनुभयो । पुरा मात्रा औषधि सेवन गरेकाहरुलाई पनि हात्तिपाइले संक्रमण देखिएको छ भने यसबारे पनि खोजी गर्नुपर्ने उहाँको भनाई छ । जनप्रतिनिधिहरु निर्वाचनको समयमा मत माग्न जनताको घर घरमा पुगेको जसरी नै आम ओषधि सेवनको लागि जानुपर्ने भन्दै उहाँले कसरी आम मानिसलाई औषधि खुवाउन सकिन्छ भनेर योजना बनाउनुपर्ने बताउनुभयो ।

गोष्ठीमा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले पालिकामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवनलाई प्रभावकारी बनाउन यहाँका सबै संघ संस्थाहरु सहित आम मानिसहरु जुट्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यलय बागलुङकी जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले गर्नुभएको थियो । हात्तिपाइले रोग विरुद्धको औषधि २ बर्ष मूनीका बालबालिका, गर्भवती, ७ दिन नपुगेको सुत्केरी र ओछ्यानमा थला परेका विरामीहरु बाहेक सबैले खान सकिने छ । यो औषधिले कुनै पनि असर नगर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो