सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाद्वारा मृत्यु दावी भुक्तानी

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, २३ माघ २०७९ ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागलुङ शाखाले बीमितको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । सोमबार मृतक चन्द्र बहादुर के.सीका परिवारलाई मृत्यु दावी वापतको बीमा रकम हस्तान्तरण गरिएको हो ।

बागलुङ नगरपालिका ११ निवासी के.सी को २०७९ कार्तिक २१ गते उपचार को क्रममा मृत्यु भएसँगै उपचार खर्च, मुत्यु दाबी, काजक्रिया खर्च र बोनस गरि एकमुष्ठ रु २४ लाख ४१ हजार ३ सय १९ रुपैया हस्तान्तरण गरिएको शाखा प्रमुख कमला शर्माले बताउनु भयो । के.सीले २०७७ फाल्गुन ६ गते १२ लाख रुपैयाँ बीमाङ्कको बीमा गर्नुभएको थियो ।

दुई किस्ता वापत १ लाख २६ हजार ३ सय ८४ रुपैयाँ तिर्नुभएका के.सीको मृत्यु भएपश्चात हकवाला श्रीमती पबिता के.सी ले दावी बराबरको बीमा रकम प्राप्त गर्नुभएको छ । बागलुङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको उपस्थितिमा मृतकका परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरीएको थियो ।

बीमा दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष गौतमले बीमा मानिसका निम्ति अति महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो । बीमाले आफु रहँदा आफनो र नरहँदा पनि परिवारका निम्ति आर्थिक रुपमा महत्वपूर्ण सहयोग गर्ने बताउँदै उहाँले आफनो क्षमता अनुसार सुरक्षाका हिसावले जीवन बीमामा जोडिन आवश्यक रहेको औँल्याउनुभयो ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बागलुङका एरीया ब्रान्च म्यानेजर दिपेन्द्र शर्मा लम्सालले बीमा सुख दुःखको साथी तथा अनिवार्य रहेको बताउनुभयो ।

कार्यक्रममा स्वर्गीय के.सीकी श्रीमती पबिता के.सीले बीमा आफैँमा महत्वपूर्ण रहेको बताउँदै श्रीमानले समयमै बीमा गरेका कारण आज उहाँ नरहँदा पनि परिवारलाई आर्थिक रुपमा सहयोग भएको जानकारी दिनुभयो । सिटिजन लाईफले रकम उपलब्ध गराएकोमा उहाँले संस्थाप्रति धन्यबाद ज्ञापन गर्नुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो