जैमिनी नगरपालिकाको एक नम्बर वडामा जेष्ठ नागरिकलाई सम्मान

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, २५ माघ २०७९ ।

जैमिनी नगरपालिकाको एक नम्बर वडामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्माको प्रमुख आतिथ्यता वडामा रहेका ९० बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा बलाङकेट प्रदान गरेर सम्मान गरिएको हो ।

नगर उप–प्रमुख हरिहर शर्माले जेष्ठ नागरिकलाई सम्मान गर्नका लागि र उदास हुने उमेरमा हौसला प्रदान गर्नकै लागि सानो सहयोग स्वरुप गर्मी र जाडो दुबै समयमा ओड्नका लागि काम लाग्ने बलाङ्केट प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा ९२ बर्षीय ललित पाध्या, ९३ बर्षीय भगिरथी पाध्या, ९० बर्षीय लाल बहादुर शाह, ९४ बर्षीय पूर्णकला शर्मा, ९५ बर्षीय इन्द्र बहादुर पौडेल, र ९४ बर्षीय बालिका पाध्यानीलाई सम्मान गरिएको छ । हाल जैमिनी नगरपालिकाको १ नम्बर वडामा ९० बर्षभन्दा माथिका जेष्ठ नागरिक दश जना रहेकोमा बुधबार ६ जनालाई प्रदान गरिएको, एक जनालाई भोलि प्रदान गर्ने र अरु तीन जना वडा बाहिर रहेकाले पछि सम्मान गरिने जैमिनी नगरपालिका १ कुश्मिसेराका वडा अध्यक्ष बिष्नुप्रसाद आचार्यले बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी भूमि आयोगका जिल्ला सदस्य शोभा प्रसाद शर्मा,जेष्ठ नागरिकको सुुसारे लगायतको उपस्थिती रहेको थियो । नगरपालिकाले नगरभरिका सबै जेष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । यसअघि अरु वडामा पनि यस्तै कार्यक्रम गरेको र जैमिनी नगरपालिकाको ५ नम्बर वडा मात्रै बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो