जैमिनीको शिवपुरीमा सञ्चालित महायज्ञमा अहिलेसम्म साँढे ४ लाख भन्दा बढी रकम संकलन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ फागुन २०७९ ।

बागलुङको दमेकमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञमा ४ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ । जैमिनी संस्कृत आधारभूत पाठशाला तथा हरिहर मन्दिर जैमिनी नगरपालिका २ शिवपुरी दमेकको आयोजनामा आयोजित महायज्ञमा हालसम्म ४ लाख ५८ हजार १ सय ९६ रुपैयाँ संकलन भएको हो ।

फागुन १ गतेदेखि सुरु भएको महायज्ञमा अहिलेसम्म ४ सय ५० जना आयोजक सदस्य बनिसकेको आयोजक जैमिनी संस्कृत आधारभूत पाठशालाका अध्यक्ष तथा महायज्ञ आयोजक समितिका आर्थिक संयोजक टंक प्रसाद सापकोटाले जानकारी दिनुभयो । ५ हजार १ सय भन्दा माथि सहयोग गर्ने सहयोग दाताहरुलाई आयोजक सदस्यको मानार्थ दिइएको छ ।

यस्तै महायज्ञको दोस्रो दिन आज १ लाख १ हजार ५ रुपैयाँ प्रदान गरेर बालिका देवी शर्मा मंगलबारको सभा नायक बन्नुभएको छ । ५० हजार माथि सहयोग गर्नेलाई सभा नायक बनाउने आयोजकको नियम अनुसार १ लाख भन्दा बढी रकम सहयोग गरेर उहाँ सभा नायक बन्नुभएको हो । अमेरिकामा बस्ने उहाँको छोरा विष्णु आचार्यले महायज्ञ सफल बनाउन १ लाख १ हजार ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

शिवपुरीमा आयोजित महायज्ञ फागुन ८ गतेसम्म सञ्चालन हुने छ । महायज्ञमा वाचन पण्डित भुवन रेग्मी ज्यूले कथावाचन गर्नुभएको छ । श्रीमद भागव ज्ञान महायज्ञमा संगीतमय कथा प्रवचनका साथै आरती र भजनकिर्तन समेत भैरहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो