जैमिनीमा विद्यालय सुधार योजना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, ५ फागुन २०७९ ।

जैमिनीमा विद्यालय सुधार योजना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिकाका बिभिन्न स्थानमा विद्यालय क्षेत्र सुधार योजना सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

हेम्पेल फाउण्डेसन र भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय संस्था विवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित सिकाइ परियोजना अन्तर्गत जैमिनी नगरपालिका ७ बेलबगर १ समूह र जैमिनी नगरपालिका १ कुश्मिसेरामा २ समूह गरी ३ समूहलाई विद्यालय क्षेत्र सुधार योजना सम्बन्धी अभिमूखिकरण गराइएको आयोजक विवाईसी बागलुङका परियोजना संयोजक पोष्ट केसीले जानकारी दिनुभयो । अभिमूखिकरणमा विद्यालय सुधार योजना सञ्चालन सम्बन्धी विभिन्न जानकारी गराइएको उहाँको भनाई छ ।

सिकाई परियोजना लागु भएका जैमिनीका ३३ वटा विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगाएतको सहभागीतामा अभिमूखिकरण गरिएको भिएसओ नेपालका परियोजना संयोजक शक बहादुर बुढाथोकीले जानकारी दिनुभयो । नेपाल सरकारको नीति अनुरुप विद्यालय सुधार योजना कसरी निर्माण गर्ने लगाएतका विषयमा विद्यालयका सरोकारवालाहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागीहरुले अभिमूखिकरण कार्यक्रम प्रभावकारी र महत्वपूर्ण भएकाले यस्ताखाले अभिमूखिकरणले विद्यालयमा शैक्षिक सुधार गर्न टेवा पुग्ने बताएका थिए । विद्यालयमा शिक्षा सुधारको विषय उठ्ने गरेको र यसबारे ठोस योजना कसरी बनाउने भन्ने यस अभिमूखिकरणबाट सिक्न पाएको उनीहरुको भनाई छ ।

अभिमूखिकरण कार्यक्रमको विवाईसी बागलुङका परियोजना संयोजक पोष्ट केसी र भिएसओ नेपालका परियोजना संयोजक शक बहादुर बुढाथोकीले सहजिकरण गर्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो