जैमिनीमा हात्तिपाइले औषधि सेवन अभियानको तयारी पुरा, भोलि नै विद्यालयमा खुवाइने

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, ९ फागुन २०७९ ।

जैमिनी नगरपालिकामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानको तयारी पुरा भएको छ । बागलुङ जिल्लाभर सञ्चालन हुने हात्तिपाइले औषधि सेवन अभियानको जैमिनी नगरपालिकामा तयारी पुरा भएको हो ।

जैमिनी सहित बागलुङ जिल्लाभर १४ औं पटक हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइदै छ । यस अभियानमा नगरपालिका स्तरीय अभिमुखिकरण सहित वडा वडामा समेत अभिमुखिकरण गरिएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । अहिले जैमिनी नगरपालिकाको १० वटै वडामा हात्तिपाइले रोग विरुद्धको औषधि सहित आवश्यक सबै सामग्री पठाइसकिएको उहाँको भनाई छ ।

यहि फागुन ११ गतेदेखि जिल्लाभर अभियान सुचारु हुने भएकाले सबैले पायक पर्ने बुधमा गएर अनिवार्य औषधि सेवन गर्न नगरपालिकाले आग्रह समेत गरेको छ । बुधमा जान नसकेका वा खान छुटेकाहरुको लागि घर घरमा नै गएर पनि औषधि सेवन गराइने छ ।

यस्तै जिल्लाभर फागुन ११ गते देखि आम औषधि सेवन अभियान सुरु गरिने भएपनि जैमिनी नगरपालिकाले भने अघिल्लो दिन भोलि नै विद्यालयहरुमा पुगेर औषधि सेवन अभियान थाल्ने भएको छ । यो बर्ष अन्तिम पटक हुनेगरी सबैले औषधि सेवन गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो