जैमिनीमा पीकअप गाडी दुर्घटना, रुखमा अड्किएकाले ठुलो क्षतिबाट जोगियो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १९ फागुन २०७९ ।

बागलुङको बिनामारेमा पीकअप गाडी दुर्घटना भएको छ । बागलुङ बजारबाट बिनामारे जाँदै गरेको ग १ ज ७४६९ नम्बरको पीकअप गाडी दुर्घटना भएको हो ।

शुक्रबार साँझ जैमिनी नगरपालिका ५ बिनामारेको चितेपानी भन्ने स्थानमा गाडी पछाडि हटेर सडकबाट तल खसेको कुश्मिसेरा प्रहरी चौकीका प्रमुख मिन केसीले जानकारी दिनुभयो । उकालो चढ्दै गरेको गाडी ब्रेक फेल भएर पछाडि हटेपछि सडकबाट करिव २ मिटर तल झरेपछि रुखमा अडिकएको उहाँको भनाई छ ।

पीकअपमा चालक सहित ५ जना रहेको र उनीहरुको कुश्मिसेरा प्रहरी चौकीको टोली र स्थानीयहरुले उद्दार गरेका छन् । रुखमा अड्किएको पीकअप खसेको ठाउँमा ठुलै भिर रहेको छ । सडकबाट तल खस्नासाथ गाडी रुखमा अड्किएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

गाडी उकालो बाटो चढिरहँदा एक्कासी ब्रेक फेल भएर पछि हटेको चालक तर्क बहादुर विकले बताउनुभयो । रुखमा नअडिएको भए गाडी भिरमा गएर क्षति हुनसक्ने उहाँको भनाई छ ।

गाडीलाई स्काभेटर बोलाएर निकाल्ने तयारी भैरहेको प्रहरी प्रमुख केसीले बताउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो