हाडीकोट महोत्सवको मुल समारोह आज, होली खेल्दै हजारौँ दर्शक उपस्थित

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ २२ फागुन २०७९ ।

हाडीकोटमा चौथो हाडीकोट महोत्सवको मुल समारोह सम्पन्न भएको छ । फागुन १७ गतेदेखि सुरु भएको हाडीकोट महोत्सवको आज मुल समारोह संगै समापन गरिएको हो ।

बागलुङको दक्षिणीभेगमा अवस्थित पर्यटकीय स्थल हाडीकोटमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जैमिनीका यस्ता पर्यटकीय स्थलहरुको खोजी र प्रचारप्रसार गर्न सके आम्दानीको श्रोत बन्ने बताउनुभयो । प्रचार प्रसारको अभावमा हाडीकोट ओझेलमा परेको भन्दै उहाँले यसको इतिहास र विशेषता सहित प्रचार गर्ने हो भने पर्यटकहरु आउने उहाँको भनाई छ ।

जैमिनी नगरपालिकामा रहेका धार्मिक ऐतिहासिक र पर्यटकीय स्थलहरुलाई प्रवद्र्धन गरेर लैजाने गरी योजना बनाइरहेको नगर उप प्रमुख हरिहर शर्माले बताउनुभयो । जैमिनी नगरपालिका १० राङ्खानीमा अवस्थित हाडीकोट टापुमा फागु पुर्णिमाको अवसर पारेर महोत्सव गरिएको थियो ।

हाडीकोट सामुदायिक विकास केन्द्र राङ्खानीको आयोजनामा संस्थाको २२ औं बार्षिकोत्सव तथा चौथो हाडीकोट महोत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष रोशन थापाले जानकारी दिनुभयो । महोत्सवको अवसरमा पुरुष भलिवल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता र नृत्य प्रतियोगिता लगाएत बिभिन्न संस्कृतिक कार्यक्रमहरु गरिएको छ ।

महोत्सवमा स्थानीय कला संस्कृतिको प्रस्तुतिका साथै स्थानीय परिकारहरु पनि प्रदर्शनी गरिएको थियो भने महोत्सवको अन्तिम दिन सोमबार फागु पूर्णिमाको दिन दर्शकहरुको घुइचो लागेको थियो । जैमिनीको पहिचानको रूपमा रहेको हाडीकोटको प्रचार प्रसार गर्न यस्ताखाले मेला महोत्सवले सहयोग गर्ने अपेक्षा लिइएको छ ।

हाडीकोट टापु २ हजार १ सय ९५ मिटर अग्लो स्थानमा अवस्थित छ । यहाँबाट बागलुङ जिल्लाका बिभिन्न स्थान सहित बुटवल सम्मको स्थान सजिलै देख्न सकिन्छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । बागलुङ सदरमुकाम बागलुङ बजारबाट ३० किलोमिटर दक्षिणतर्फ लागेपछि यहाँ पुग्न सकिन्छ । यस स्थानमा पुग्नका लागि गुल्मीको शान्तिपुर हुँदै पनि यातयातको सुविधा रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो