जिल्ला न्यायधिश भट्टद्वारा जैमिनीको न्यायिक समितिका गतिविधिको अवलोकन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २१ फागुन २०७९ ।

जिल्ला न्यायधिशले जैमिनी नगरपालिकामा अवस्थित न्यायिक समितिको अवलोकन गर्नुभएको छ । शनिबार बागलुङ जिल्ला अदालतका न्यायधिश डाक्टर भट्टले न्यायिक समितिका गतिविधिहरु अवलोकन गर्नुभएको हो ।

न्यायिक समितिका संयोजक तथा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मासंगको भेटमा उहाँले न्यायिक निरुपणमा जैमिनी नगरपालिकाले गरिरहेको अभ्यासका बारेमा जानकारी लिनुभएको थियो ।

न्यायधिश भट्टले नगरपालिकाको न्यायिक समितिले गरिरहेको प्रयास ठिक रहेको भन्दै अझै थप व्यवस्थित र सुधार गरेर लैजान आग्रह गर्नुभयो । स्थानीय तहमा गरिने यो अभ्यास नौलो भएको र जनप्रतिनिधिहरु पनि कानुनको ज्ञान नभएका हुनसक्ने भएकाले यसमा जिल्ला अदालतले सहजिकरण र सुझाव दिने उहाँको भनाई छ ।

जैमिनी नगरपालिका स्थापना भएदेखि हालसम्म २४ वटा मुद्दा परेको न्यायिक समितिका संयोजक तथा उप प्रमुख शर्माले जानकारी दिनुभयो । ती मध्ये केहिको फैसला भैसकेको छ भने केहि प्रकृयामा रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो