जैमिनीमा मेलमिलाप कर्ताहरुको तालिम सम्पन्न, सामान्य विषयहरुमा सहजिकरण हुने आशा

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ २३ फागुन २०७९ ।

बागलुङको जैमिनी नगरपालिकामा मेलमिलाप कर्ताहरुको लागि सञ्चालन गरिएको आधारभूत तालिम सम्पन्न भएको छ । न्यायीक समितिका पदाधिकारीहरु सहित मेलमिलापकर्ताहरुको लागि सञ्चालित ४८ घण्टे तालिमको मंगलबार समापन गरिएको हो ।

जैमिनी नगरपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको समन्वयमा ८ दिनसम्म सञ्चालित तालिममा सहभागीहरुलाई समाजमा हुने सानातिना घटनाहरुको सहज तरिकाबाट कसरी मेलमिलाप गराउने ? कानुनी पाटाहरु के कस्ता छन् ? न्याय निरुपणका मापदण्ड र आधारहरु के के हुन् लगाएतका विषयमा जानकारी गराइएको थियो ।

मेलमिलाप तालिम लिएर वडामा सुचिकृत भएपछि वडामा हुने स–साना बेमेलहरुको मेलमिलाप गराउन सकिने भएकाले जैमिनीमा न्यायिक निरुपणमा यो तालिमले टेवा पुराउने सहभागीहरुले अपेक्षा राखेका छन् । तालिममा विद्या नागिला र राजेश खनालले सहजिकरण गर्नुभएको थियो । तालिमको अवसरमा बागलुङ जिल्ला अदालतका न्यायधिश दिवाकर भट्टले न्यायिक समितिको काम कर्तव्य र अधिकार लगाएत मेलमिलापमा कानुनी पाटोका बारेमा जानकारी गराउनुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो