जैमिनीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, के भन्छन् सहभागी ?

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ २४ फागुन २०७९ ।

जैमिनीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा वैदेशिक रोजगारका कारण समाजमा परेको सकारात्मक प्रभाव, सम्प्रेषण, सकारात्मक असर न्युनिकरण तथा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले सुरक्षित आप्रवासन परियोजना (सामी) ले रोजगारीको शिलशिलामा गएकाहरुलाई भरपर्दो सूचना र सचेतनामूलक जानकारी दिनुका साथै मनोपरामर्श र समस्यामा परेकाहरुको उद्धार गरिरहेकाले जैमिनीका नागरिकहरुलाई पनि लाभ मिलिरहेको बताउनुभयो । यहाँका अधिकांश नागरिकहरु वैदेशिक रोजगारमा रहेको र सामी परियोजनाले यस क्षेत्रमा सहयोग गर्दा नागरिकहरु लाभान्वित भैरहेको उहाँको भनाई छ ।

कार्यक्रममा गण्डकी प्रदेश फिल्ड सुपरभाइजर लक्ष्मी तामाङ र जिल्ला संयोजक मिन प्रसाद उपाध्यायले सहजिकरण गर्दै वैदेशिक रोजगारमा गएकाहरु सहित परिवारले समेत समस्या भोगिरहनुपरेको अवस्थामा सामी परियोजनाले पारिवारीक मिलन देखि सामाजिक सद्भाव कायम राख्ने काम गरिरहेको बताउनुभयो । वैदेशिक रोजगारीमा गएकाको परिवारलाई अनेक लाञ्छना लगाउने, मानसिक तनाव दिने लगाएतका समस्या रहेको छ भने बिदेशमा भनेजस्तो तलव नदिने, ठगी गर्ने क्रम बढ्दो छ ।

वैदेशिक रोजगारीले समाजमा आर्थिक उन्नति भएको, समाजमा प्रतिष्ठा र सम्मान बढेको उद्यमशिलता र सिपको प्रयोग भएको जस्ता सकारात्मक कार्य समेत भएको बारे कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारीका राम्रा र नराम्रा पक्षहरुका बारेमा जिज्ञाशा राखेका थिए । सामी परियोजनाले वैदेशिक रोजगारीमा जानेहरुलाई प्रोत्साहन र निरुत्साहन गर्दैन । यस संस्थाले सकेसम्म देशमा नै रोजगारी गर्न र विदेश जानै परे सिप सिकेर जान आग्रह गर्दै आइरहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो