जैमिनीमा चट्याङ पर्दा २ घरको मिटर बक्स पड्कियो, वाइरिङमा पनि क्षति

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २९ फागुन २०७९ ।

जैमिनीमा चट्याङ पर्दा २ घरको मिटर बक्समा क्षति पुगेको छ । बागलुङको जैमिनी नगरपालिका ९ पैयुथन्थापको लाम्सुमा सोमबार दिउसो चट्याङ पर्दा २ घरको विद्युत मिटरमना क्षति पुगेको हो ।

लाम्सुको देविराम परियार र मिठु परियारको घरको मिटर बाक्सा पूर्ण रुपमा क्षति पुगेको जैमिनी नगरपालिका ९ की वडासदस्य मिना परियारले जानकारी दिनुभयो । चट्याङले पार्वती परियारको हातमा सामान्य झट्का दिएको छ । देविरामको घरमा बिजुलीको वाइरिङमा समेत क्षति पुगेको छ ।

सोमबार दिउसो ३ बजेपछि जैमिनी सहित आसपासका क्षेत्रहरुमा मेघ गर्जन सहित बर्षा भएको थियो । जैमिनीको वडा नं १० राङ्खानी सहित केहि स्थानमा असिना समेत परेको कृषकहरुले बताएका छन् ।

बर्षाले किसानहरुलाई राहत मिलेको छ भने भित्राउने बेलाको बालीलाई असर पारेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो