जैमिनीमा विज्ञ सम्मेलन सुरु, विज्ञको सुझाव कार्यन्वयन गर्नुपर्नेमा सहभागीहरूकाे जोड

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ १८ चैत २०७९ ।

बागलुङको जैमिनी नगरपालिकामा विज्ञ सम्मेलन सुरु भएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत क्षेत्रका विज्ञहरुको सम्मेलन गरिएको हो ।

विज्ञ सम्मेलनमा कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. गोविन्द आचार्यले कृषि क्षेत्र, गण्डकी प्रदेशको कृषि उर्जा तथा जलस्रोत मन्त्रालयका डा. गृष्म न्यौपानेले पशुविकास क्षेत्र, लोक सेवा आयोग केन्द्रिय कार्यालयका उपसचिव देवी प्रसाद सुवेदीले अर्थ तथा सार्वजनिक वित्त व्यवस्थापन क्षेत्र, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर विमल चालिसेले स्वास्थ्य क्षेत्रका विषयमा सहजीकरण गर्नुहुने जैमिनी नगरपालिकाले जनाएको छ ।

त्यस्तै शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोईरालाले शिक्षा क्षेत्र, पूर्वाधार विकास निर्देशनालय पोखराका सिनियर इञ्जिनियर रामबाबु पौडेलले पूर्वाधार विकास क्षेत्र, छत्रदेव गाउँपालिका अर्घखाँचीका पूर्व अध्यक्ष लेखनाथ पोखरेलले बाँदर नियन्त्रण सम्बन्धी, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका वरिष्ठ बाली वैज्ञानीक रमेश आचार्यले कृषि अनुसन्धानको क्षेत्र र नेपाल नगरपालिका संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष इन्जिनियर दीपकबाबु कँडेलले स्थानीय तह विकासका विषयमा जानकारी गराउनुहुने छ ।

विज्ञ सम्मेलनको उद्घाटन गर्दै बागलुङ क्षेत्र नं १ का सांसद चित्र बहादुर केसीले विज्ञको सुझाव कार्यन्वयन गरेर अगाडि बढे नगरपालिका सफल हुने बताउनुभयो । नगरपालिकाले सुझाव लिने तर कार्यन्वयन नगर्ने हो भने सम्मेलनको अर्थ नहुने भन्दै उहाँले स्थानीय उत्पादन र सम्भाव्यता हेरी विज्ञको सुझाव कार्यन्वयन गरेर बजेट तथा कार्यक्रम बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जैमिनी नगरपालिकाले विज्ञहरुको सुझाव लिएर काम गर्न खोज्नु राम्रो भएको बताएका थिए । हरेक क्षेत्रलाई उत्पादन र आयआर्जनसंग जोडेर काम गर्दा अझै सहज हुने उनीहरुको सुझाव छ ।
विषयगत क्षेत्र विकास स्रोत साधनको अधिकतम परिचालनका लागि गरिएको विज्ञ सम्मेलन आईतबारसम्म चल्ने छ । सम्मेलनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र बाँदर नियन्त्रणसम्मका विषवस्तुहरु उठ्नेछन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो