जैमिनीमा महिला सशक्तिकरण तथा स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, १४ चैत २०७९ ।

बागलुङको कुश्मिसेरामा महिला सशक्तिकरण तथा स्वास्थ्य सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । सोमबार जैमिनी नगरपालिका १ मा सृजनशिल महिला सञ्जालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

महिलाहरुको अधिकार, भूमिका तथा महिला स्वास्थ्य लगाएतको विषयमा कार्यक्रममा सहजिकरण भएको सृजनशिल महिला सञ्जालकी अध्यक्ष लक्ष्मी शर्माले जानकारी दिनुभयो । महिलाहरुले गरेका कामको मूल्यांकन नहुने तर महत्वपूर्ण हुने सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले नेपालका महिलाहरुलाई कामको अधिकार भएपनि अझैसम्म मूल्यको अधिकार नभएको बताउनुभयो । अहिले पनि सम्पतीमा पूर्ण रुपमा महिलाको अधिकार प्राप्ति हुन नसकेको भन्दै उहाँले समानताका लागि महिला सशक्तिकरण आवश्यक रहेको धारणा राख्नुभयो ।

यस्तै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले महिलाहरुलाई स्वास्थ्य, शिक्षा, रोजगार जस्ता क्षेत्रमा अगाडि नबढाएसम्म शसक्तिकरणको अर्थ नहुने बताउनुभयो । वर्तमान समयमा सार्वजनिक सवालका क्षेत्रमा महिलाहरुलाई अघि बढाउन सके मात्रै महिला र पुरुषविच समानता बढ्ने उहाँको भनाई छ ।

कार्यक्रममा जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले हरेक ठाउँमा महिलाले नेतृत्व लिन अग्रसर भएमा महिला सशक्तिकरणमा टेवा पुग्ने बताउनुभयो । महिलाहरुले नेतृत्व लिएर सफल भएपछि उनीहरुको नेतृत्व स्विकार गर्ने जमात बढ्ने भएकाले हरेक क्षेत्रमा महिला अघि आउनुपर्ने भन्दै उहाँले महिलाहरुको क्षेत्रमा नगरपालिका र वडाले पनि लगानी गरेर सशक्तिकरण गराइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी महिलाहरुले घरायसी कामको मूल्य नहुने तर बाहिरको भन्दा बढी तनाव र दुःख हुने हुँदा प्रत्येक घरका सदस्यले यस्ता कुरा बुझ्न आवश्यकता रहेको बताएका छन् । घरका कामहरु पनि तालिका बनाएर बाँडफाँड गर्ने बानी नबसाले सम्म महिला र पुरुष विचको अन्तर कायमै रहने उनीहरुको बुझाई छ ।

कार्यक्रममा जैमिनी नगरपालिकाका महिला विकास शाखा प्रमुख देवी वि.क र पार्वती पाण्डेले सहजिकरण गर्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो