१३ बुँदे घोषणापत्र जारी गर्दै जैमिनीमा विज्ञ सम्मेलन सम्पन्न – हेर्नुहोस् जैमिनी घोषणापत्र

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १९ चैत २०७९ ।

बागलुङको जैमिनीमा विज्ञ सम्मेलन सम्पन्न भएको छ । शनिबार देखि सुरु भएको विज्ञ सम्मेलन आइतबार सम्पन्न भएको हो ।

विभिन्न विषय विज्ञको सुझाव सहित १३ बुँदे जैमिनी घोषणापत्र २०७९ जारी गर्दै विज्ञ सम्मेलन सम्पन्न गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जानकारी दिनुभयो । घोषणापत्रमा विषय विज्ञहरुले प्रस्तुत गरेका विषयवस्तुलाई प्राथमिकतामा राखिएको उहाँको भनाई छ ।

विज्ञ सम्मेलनमा कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. गोविन्द आचार्यले कृषि क्षेत्र, गण्डकी प्रदेशको कृषि उर्जा तथा जलस्रोत मन्त्रालयका डा. गृष्म न्यौपानेले पशुविकास क्षेत्र, लोक सेवा आयोग केन्द्रिय कार्यालयका उपसचिव देवी प्रसाद सुवेदीले अर्थ तथा सार्वजनिक वित्त व्यवस्थापन क्षेत्र, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर विमल चालिसेले स्वास्थ्य क्षेत्रका विषयमा सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोईरालाले शिक्षा क्षेत्र, पूर्वाधार विकास निर्देशनालय पोखराका सिनियर इञ्जिनियर रामबाबु पौडेलले पूर्वाधार विकास क्षेत्र, छत्रदेव गाउँपालिका अर्घखाँचीका पूर्व अध्यक्ष लेखनाथ पोखरेलले बाँदर नियन्त्रण सम्बन्धी, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका वरिष्ठ बाली वैज्ञानीक रमेश आचार्यले कृषि अनुसन्धानको क्षेत्र र नेपाल नगरपालिका संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष इन्जिनियर दीपकबाबु कँडेलले स्थानीय तह विकासका विषयमा सहजिकरण गर्नुभएको थियो ।

हेर्नुहोस् जैमिनी घोषणापत्र


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो