हिमालयन बोर्डिङ स्कुल कुश्मिसेराका शिक्षकहरुलाई क्षमता अभिवृत्ति तालिम प्रदान

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २८ चैत २०७९ ।

हिमालयन आवासीय माध्यामिक विद्यालय कुश्मिसेराले शिक्षकहरुलाई क्षमता अभिवृत्ति तालिम प्रदान गरेको छ ।  बागलुङको जैमिनी नगरपालिका १ कुश्मिसेरामा अवस्थित हिमालयन बोर्डिङमा कार्यरत शिक्षकहरुलाई तालिम दिइएको हो ।

गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भनेर हिमालयन बोर्डिङ स्कुलको आयोजना र जयदुर्गा स्टेशनरी कुश्माको प्राविधिक सहयोगमा शिक्षकहरुलाई तालिम प्रदान गरिएको प्रिन्सिपल शिवलाल शर्माले जानकारी दिनुभयो । विद्यालयमा कार्यरत १६ जना शिक्षकहरुको क्षमता अभिवृत्ति गर्नको लागि तालिम प्रदान गरिएको उहाँको भनाई छ ।

सोमबार र मंगलबार २ दिनको लागि सञ्चालन भएको तालिममा आदर्श बोर्डिङ कुश्माका संस्थापक प्रिन्सिपल हिम पौडेल क्षेत्री र आदर्श बोर्डिङकै सिनियर इन्चार्ज नारायण पौडेलले सहजिकरण गर्नुभएको थियो ।

तालिममा शिक्षकहरुलाई विद्यार्थीहरुसंग गर्ने व्यवहार, गुणस्तरीय शिक्षको लागि गर्नुपर्ने कार्यहरु, शिक्षक र विद्यार्थीविच कायम गर्नुपर्ने सम्बन्ध लगाएतका विषयमा जानकारी गराइएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार