काठमाडौं, ३ जेठ २०८० ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुवाहक र मालवाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । यसैगरी अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । विभागले घटेको मूल्य आज बुधबार बाट नै लागू भएको जनाएकाे छ ।
घटेकाे भाडादर अनुसार अब बागलुङ काठमाडाैकाे भाडा ८ सय ७४ रूपैयाँ कायम भएकाे छ । यसअघि ९ सय ३ रूपैयाँ भाडादर ताेकिएकाे थियाे ।

हेर्नुहाेस् देशभरकाे भाडादर सूचि

[googlepdf url=”http://jillakhabar.com/wp-content/uploads/new-bhada.pdf” width=”100%” height=”600″]

प्रतिक्रिया दिनुहाेस्