बौद्धिक युवा समुहको जैमिनीलाई ध्यानाकर्षण पत्र, मागलाई बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ जेठ २०८० ।

जैमिनी बौद्धिक युवा समुहले जैमिनी नगरपालिकामा विविध कुरा समेटेर ध्यानाकर्षण गराएको छ । शुक्रबार बागलुङकाे जैमिनी नगरपालिकाका नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर समुहले ध्यानाकर्षण गराएको हो ।

शिक्षा, स्वास्थ्य, यातयात, कृषि, पशु, पर्यटन लगाएतका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराइएको समुहका सदस्य शिव श्रीसले जानकारी दिनुभयो । समुहको तर्फबाट बुुझाइएको ध्यानाकर्षण पत्रमा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने, प्राणघातक रोग लागेकाहरुलाई नगरपालिकाले ५ लाख रुपैयाँ दिनुपर्ने, नगरपालिकाका विद्यालयमा अध्ययन गरी नेपाल मेडिकल काउन्सिलमा उत्कृष्ट स्थानमा रहनेहरुलाई नगरपालिकाले निःशुल्क एमबिबिएस पढाउने र न्युनतम १० बर्ष जैमिनी नगरपालिकाकै स्वास्थ्य संस्थामा सेवा गर्नुपर्ने वातावरण बनाउनुपर्ने उल्लेख गरिएको छ ।

युवा समुहको टोलिले नगरपालिकाले गरेका हरेक गतिविधि नगरबासी समक्ष सार्वजनिक हुनुपर्ने, तथ्यांकहरु राख्नुपर्ने, जनताको दैनिकीसंग सरोकार राख्ने कृषि, पशु तथा पर्यटनका योजनाहरु प्रभावकारी ढंगबाट कार्यन्वयन गराउनुपर्ने लगाएतका माग राखिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले सुझाव अनुसार कार्यन्वयन गर्न सकिने विषयहरु समेट्ने प्रतिवद्धता जनाउनुभएको छ । नगरपालिकाले कतीपय विषयहरुलाई समेटेर काम गरिरहेको उल्लेख गर्दै उहाँले सबैको साथ र सहयोगले नै नगरपालिकालाई समृद्ध बनाउन सकिने धारणा राख्नुभयो ।

यस्तै नगर उप प्रमुख हरिहर शर्माले नगरपालिकाले गरिरहेका गतिविधिहरुमा नगरबासीहरुको पनि संलग्नता हुनुपर्ने र संरक्षण गर्ने दायित्व भएकाले युवाहरुले चासो दिनु सुखद् भएको बताउनुभयो । आगामी बर्षका लागि नीति तथा कार्यक्रम र बजेट बनाउने सन्दर्भमा आएका सुझावलाई सकेजति र श्रोतले भ्याएजति कार्यन्वयन गरिने उहाँको भनाई छ ।

पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले समुहले गरेका मागहरु कतीपय महत्वकांक्षी भएकाले यसलाई लामो छलफल गरेर अगाडि बढ्ने बताउनुभयो । कतीपय मागहरु तत्काल कार्यन्वयन गर्न सकिने र कतीपय नीतिगत रुपमा पनि अप्ठ्यारो हुने भन्दै उहाँले नगरपालिकाले सुझावलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्ने बताउनुभयो ।

समुहले आफ्ना माग कार्यन्वयन नगरे जनताहरु साथमा लिएर थप आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी समेत दिएको छ । गाडीभाडा तोकेर कार्यन्वयन नगरेको तर ६० लाख भन्दा बढीको सवारी किनेको प्रति असन्तुष्ट जनाउँदै समुहले नागरिकको सवाल र जनजिविकामा गम्भीर हुन नगरपालिकालाई आग्रह समेत गरेको छ ।

यस्ताे छ पत्र


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो