जैमिनीले आज नीति तथा कार्यक्रम सभामा पेश गर्ने, बरेङ गाउँपालिकाको पर्सी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ९ असार २०८० ।

बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम आज नगर सभामा पेश गर्ने भएको छ । नगरपालिकाले १३ औं नगरसभाको बैठकमा आगामी आर्थिक बर्षका लागि तय भएको नीति तथा कार्यक्रम सभामा पेश गर्न लागेको हो ।

समय सिमालाई अन्तिम बनाएर आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरेको जैमिनीले यस बर्ष समय सिमा भन्दा अगाडि नै नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ । कानुन अनुसार प्रत्येक स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सभाबाट पारित गराइसक्नुपर्ने प्रावधान छ । देशका अधिकांश स्थानीय तहले १० गते नै अधिवेशन गर्ने गरेका छन् ।

यस्तै बागलुङको बरेङ गाउँपालिकाले असार ८ गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले गाउँसभाको ११ औं अधिवेशन आह्वान गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यसूचि तय गर्नुभएको हो ।

बरेङ गाउँपालिकाले यस अघि जिल्लाभरका पालिकाहरु मध्ये सबैभन्दा अघि आफ्नो नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेको थियो भने यस पटक अन्तिम समय सिमा नजिक आएपछि मात्रै अधिवेशन बोलाएको छ । यो बर्ष जैमिनी नगरपालिका जिल्लाभरबाट नीति तथा कार्यक्रम ल्याउने पहिलो पालिका बन्ने छ ।

१० वटा स्थानीय तह रहेको बागलुङमा बागलुङ नगरपालिकाले असार ८ गते नै नगर अधिवेशन गर्ने तयारी गरेको छ भने जैमिनी र बरेङ बाहेक अन्य स्थानीय तहहरुले असार ९ र १० गते अधिवेशन गर्ने तयारी गरेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो