जैमिनीमा चोरी गर्दै हिँडेका एकजना पक्राउ, चोरी गरेका सामानहरु बरामत

याे सामग्री सेअर गर्नुहाेस्

 बागलुङ, २७ असार २०८० ।

बागलुङको जैमिनीमा श्रृङ्खलावद्ध चोरी गर्ने एकजना पक्राउ परेका छन् । जैमिनी नगरपालिकाको वडा नं १ र वडा नं ४ मा चोरी गर्दै हिड्ने एकजना पक्राउ परेका हुन् ।

सोमबार जैमिनी नगरपालिका वडा नं १ को पल्लोपाखाको एक पसल फोरेर पैसा चोरी गरेको र सोहि दिन किसेकको एक घरमा बाहिर चार्जमा राखेको मोबाइल चोरी भएको भन्ने प्रहरी चौकी कुश्मिसेरामा सूचना आएको थियो । प्रहरीले सूचना आएपछि नै खोजीकार्य गरिरहेकोमा मंगलबार जैमिनी नगरपालिकाको वडा नं ४ सर्कुवाको मौलाछमा सुनको सिक्री, मंगलसुत्र र पैसा चोरी गरेको भन्ने थप सूचना आएपछि प्रहरी चौकी कुश्मिसेराको प्रहरी टोलीले एक युकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी मदन के.सीले जानकारी दिनुभयो ।

प्रहरी, स्थानीय र जनप्रतिनिधिहरु समेतको सक्रियतामा मंगलबार साँझ ७ बजे तिर गुल्मीको कालिगण्डकी गाउँपालिका ७ छापचौरका २८ बर्षीय विमल हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट चोरी गरेका सामान समेत बरामत भएको छ । उनी एक्लै रहेको र उनलाई जैमिनी नगरपालिका १ जुम्लीखोलाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यलय बागलुङ पठाइएको प्रहरी चौकी कुश्मिसेराका प्रहरी प्रमुख मिन बहादुर खत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका युवकमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी मदन के.सीले बताउनुभयो । विगत २ बर्ष देखि जैमिनीमा चोरको विगविगी बढ्न थालेको छ । गतबर्ष पनि जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा श्रृङ्खलावद्ध रुपमा चोरी भएको थियो । यदि कुनै नौलो र संकास्पद मानिस देखेमा तुरुन्तै प्रहरीलाई खबर गर्न प्रहरी चौकी कुश्मिसेराका प्रमुख केसीले नागरिकहरुलाई आग्रह गर्नुभएको छ । कतै चोरी वा अवाञ्छित गतिविधि भएमा तत्काल प्रहरी चौकी कुश्मिसेराको फोन नम्बर ९८५७६९००९५ मा खबर गर्न उहाँको आग्रह छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो